माधव क. गल्ती नगर्नुस्, तपाईलाई इतिहासले सलाम ठोकेको हेर्ने मन छ

मङ्लबार, बैशाख १६, २०७७, । 

केहि मनुवाहरु भन्न थालेछन किन माधव नेपालले कम्रेड केपि ओलीलाई जोगाइदिनु पर्ने ? कठै धतुरेहरुको मानसिकता बरु हाम्रो चाहाना हो, उनी प्रचण्डको घोडा नबनुन ।

हामीलाई केपी ओलि पछि क. माधव नै अध्यक्ष अनि प्रधानमन्त्री बनेको हेर्ने रहर छ, किनकि दोस्रो पुस्ताले हिम्मतै गरिरहेको छैन । तसर्थ यति कुरा याद रहोस्, केपि ओली सक्ने अभियानमा लागे भने केपी ओली सकिदैनन, किनकि उहाँ त एउटा युग पुरुष हो ।

उहाँ समाप्त हुँदा एउटा युगनै सकिन्छ । अझ उहाँलाई त बरु झन ठुलो साथ समर्थन दोस्रो पुस्ताका नेताहरूको मिलिरहेको छ । हिजो ती प्रचण्ड कित्ताका हुन या माधव कित्ता वा बामदेब वा झलनाथ कित्ताका । यसकारण कि, यो जनमतको धेरै हिस्सा उहाँको नाम सङ्ग जोडिन्छ।

कसैले मानुन या नमानुन तर जनता यहि मान्दछ । त्यसैले कम्रेड माधव नेपाल ज्यु ! हिजो के भयो त्यो छोडौ तपाईं पनि जिवनको पछिल्लै मोडमा हुनुहुन्छ यो बेला महाभुल नगर्नुस् ता कि इतिहासले धिक्कारोस ।

मलाई त इतिहासले तपाईलाई सलाम ठोकेको हेर्ने मन छ। अब तपाईको बिचार के छ ? त्यो तपाईंलाई थाहा होला तर एउटा कार्यकर्ताले चिन्ता प्रकट गर्नु शायद नराम्रो नहोला भन्ने मेरो बुझाई हो हुन सक्छ मेरो बुझाई कमसल वा नम्बर १ त्यो त चेतनामा निर्भर रहने कुरा हो।

जय स्वाभिमान !

नेत्र मैनाली (केन्द्रिय सदस्य, अनेरास्ववियु)

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेत्र मैनाली

नेत्र मैनाली अनेरास्ववियुका केन्द्रिय सदस्य हुन ।

View more articles by: नेत्र मैनाली

नेत्र मैनाली

शनिबार, असार २१, २०७६ (July 6, 2019, 10:10 am) मा द्वारा युथ आइडल अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै