Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

शर्तसहित लकडाउन खोल्नुपर्छ- गृहमन्त्री बादल

User Photo मङ्लबार, बैशाख २३, २०७७
काठमाण्डाै ।

गृहमन्त्री रामबहादुर थापा बादलले कोरोना महामारी रोकथामका लागि लगाइएको लकडाउन शर्तसहित खुकुलो बनाउनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिमा उनले लकडाउनले आर्थिक संकट बढी देखिएको भन्दै यसलाई शर्तसहित खुकुलो बनाउनुपर्ने बताएका हुन् ।

‘कोरोना महामारीको संकट तोड्न विश्वले अपनाएको उपाय हो लकडाउन, तर यसले आर्थिक संकट निम्त्याएको छ, त्यसैले शर्तसहित अब लकडाउन खोल्नुपर्छ’ उनले भने ‘बेरोजगारीलगायतका समस्या पनि देखिएका छन्, गाउँ फर्किने अभियान पनि यही कारण देखिएको हो ।’

मन्त्री थापाले लकडाउन कहिलेदेखि र के शर्तमा खुकुलो बनाइने भन्नेबारे भने खुलाएनन् ।

कोरोना अन्तर्राष्ट्रिय संकट भन्दै मन्त्री थापाले यसका कारण आर्थिक संकट र सामाजिक र राजनीतिक असन्तोष निम्तिएको पनि बताए । कोरोनाकै कारण अहिले सामाजिक र आर्थिक असन्तोष विकास हुँदै गएको पनि उनले टिप्पणी गरे ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.