Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 26, 2026
बुधबार, जेष्ठ १३, २०८३

नेकपाको स्थायी कमिटी बैठक असार २४ गतेसम्मका लागि स्थगित

User Photo सोमवार, असार २२, २०७७
काठमाण्डाै ।

नेकपाको स्थायी कमिटी बैठक असार २४ गतेसम्मका लागि स्थगित भएको छ । सोमबारका लागि तय भएको बैठक असार २४ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपाको प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

यसअघि शनिबारका लागि तय भएको बैठक सोमबारका लागि सारिएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को अधिवेशन अन्त्य गरेसँगै असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक पनि प्रभावित भएको थियो ।

यसैबीच नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल जारी छ । सोमबार बिहान साढे ९ बजेदेखि उनीहरुबीच छलफल सुरु भएको हो । स्थायी कमिटी बैठकअघि सहमतिको अधिकतम प्रयास खोज्ने भन्दै बैठक स्थगित गरिएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछाड्ने अडान दोहोर्‍याएपछि विवाद झनै बढेको छ । दाहाल–नेपाल समूह ओलीले एउटा पद छाड्नु पर्ने अडानमा छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.