
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा आज देशैभरी प्रदर्शन भएकाे छ । यसै क्रममा सुदुरपश्चिमकाे राजधानी धनगढीमा पनि भव्य प्रदर्शन भएको छ ।
प्रधानमन्त्रीकाे राजिनामा माग्न पाइदैन, भारतिय दलाल- मुर्दावाद, भारतिय सेना नेपाल छाेड, राष्ट्रिय नेता केपी ओली जिन्दावाद लगायतका नारा लगाउदै धनगढीकाे क्याम्पसचाेक बाट राष्ट्रिय झण्डा सहित शुरू भएकाे प्रदर्शन पार्कराेडमा पुगेर काेण सभामा परिणत भएकाे थियाे । काेणसभालाई नेत्र मैनाली र विनय शाहले सम्बाेधन गरेका थिए ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा माग भइरहेका बेला उनका समर्थक भने दिनदिनै सडक प्रदर्शन बढाइरहेकाछन ।