Naya Media
बिहिबार, भदौ ४, २०८३
| | August 19, 2026
बिहिबार, भदौ ४, २०८३

गलत प्रचार प्रति कमलबजार नगरपालिकाका मेयरकाे गम्भीर ध्यानाकर्षण

User Photo शुक्रबार, अशोज १६, २०७७
काठमाण्डाै ।

कमलबजार नगरपालिकाका मेयरका छाेराेकाे नाम जाेडदै चरित्र हत्या गर्नेगरी फैलाइएकाे अफवाह प्रति गम्भीर ध्यानाकर्षण भएकाे नगर प्रमुख ओम प्रकाश बिष्टले बताएकाछन ।

मेयर बिष्टले एक प्रेस बिज्ञप्ति जारी गर्दै नगर प्रमुखका छोराले नगरपालिकामा कार्यरत इन्जिनियर नरेश न्यौपानेलाई बिल नउठाएको रिसले कुटपिट गरेको भनि फैलाइएको भ्रामक प्रचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकाहुन ।

नगरपालिकामा कार्यरत इन्जिनियर नरेश न्यौपाने र कमलबजार नगरपालिका वडा नम्बर २ निवासी तकमान बिष्ट बीच सामान्य विषयमा भएको बिवादलाई तोड्मोड गरि गलत हल्ला फैलाइएकाे मेयर बिष्टले बताएका छन । बिज्ञप्ति मार्फत नगर प्रमुख बिष्टले भनेका छन, ‘हुदै नभएको मनगढन्ते विषय बनाइ विषयान्तर गरि विभिन्न मिडिया, फेसबुक, ट्विटर लगायत विभिन्न अनलाइन सञ्चार माध्यम एवम् सामाजिक संजाल बाट गलत समाचार सम्प्रेषण गरि यस नगरपालिकाको हालसम्मको सौहार्दपुर्ण कार्य प्रक्रियालाई धमिल्याउने मनसायले भ्रामक प्रचार प्रसार गरि चरित्र हत्या हुने समाचार प्रसारण गरेकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएकाे छ ।’

उक्त सामान्य बिषयको बिवाद निरुपण भइसकेको अवस्थामा यस्तो भ्रामक समाचार प्रकाशन प्रसारण गर्ने मिडिया, पत्रकार तथा ब्याक्तिहरु प्रति मेरो खेद प्रकट छ ।

उनले अगाडि भनेकाछन ‘मैले कुनै पनि योजनाको काम नगरि भुक्तानी गर्न दवाब दिएको छैन । इर्ष्याभाव प्रकट गर्ने केही कुतत्वहरुबाट यस्तो पेशागत मर्यादा बिपरित गलत समाचार सम्प्रेषण गर्न जो कोहिलाई पनि छुट छैन, मैले सधैं सामाजिक उत्तरदायित्व निर्वाहका लागि इमानदारी पुर्वक काम गरि आएको तर्फ यस्तो गलत समाचार सम्प्रेषण गरेको बुझेको छु। यस्ता गलत समाचार सम्प्रेषण गर्ने मिडिया र मिडियाकर्मी र ब्याक्तिलाई वास्तबिकता बुझि समाचार सम्प्रेषण गर्न अनुरोध गर्दछु साथै यसरी चरित्र हत्या हुने गरि गलत समाचार सम्प्रेषण गर्नेलाई छानबिन गरि कडा कार्बाही गर्न सम्बन्धित निकायलाई माग गर्दछु ।

सम्बन्धित सबैलाई पेशागत आचरण, मर्यादा र आचारसंहिताको पालना गरि जिम्मेवारी वहन गर्नुकासाथै आगामी दिनमा यस नगरपालिकाको कुनै पनि बिषयको सूचना प्रकाशन तथा प्रसारण गर्न पर्ने अवस्थामा नगरपालिकाको आधिकारिक धारणा समेत समाबेश गर्न हुन सम्बद्ध सम्पुर्ण निकायहरु संग बिनम्र अनुरोध गर्दछु ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.