Kanoon Post
शनिबार, बैशाख ८, २०८१/ April 20, 2024,
शनिबार, बैशाख ८, २०८१

Trending :

No tags found.

सांसद महेश बस्नेतलाई सामाजिक सञ्जालमा गाली गर्ने पूर्वप्रहरी पक्राउ

काठमाण्डाै ।

भक्तपुरका सांसद महेश बस्नेतलाई सामाजिक सञ्जाल फेसबुकमार्फत गाली, गलौज र अभद्र टिप्पणी गरेको अभियोगमा एकजना पूर्वप्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरीबाट स्वेच्छिक अवकाश लिएका सहायक निरीक्षक (असई) डिल्लीबहादुर चन्द छन् ।

साइबर ब्युरोले जिल्ला प्रहरी कार्यालय, बाँकेसँग समन्वय गरेर नेपालगञ्जबाट चन्दलाई मंगलबार पक्राउ गरेको हो । उनीविरुद्ध विद्युतीय अपराध ऐन अनुसार कारबाहीका लागि कानुन व्यवसायीमार्फत जाहेरी परेपछि पक्राउ गरिएको ब्युरोका एसएसपी नविन्द अर्यालले बताए ।

अधिकृतहरुका अनुसार चन्दले बस्नेतलाई सांसद अपहरण प्रकरणमा जोडेर अभद्र टिप्पणी गरेको जाहेरीमा भनिएको छ । थप अनुसन्धान भइरहेको भनिएको छ ।

सांसद बस्नेत, किशान श्रेष्ठ, पूर्वआईजीपी सर्वेन्द्र खनाल लगायतको समूहले समाजवादी पार्टी फुटाउने प्रयासमा १० वैशाखमा महोत्तरी पुगेर सांसद सुरेन्द्र यादवलाई काठमाडौं ल्याएका थिए । समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading