
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शाकाहारी आन्दोलनले भएन भनेर आफूले हिंसात्मक संघर्ष गर्नुपर्छ भन्न नखोजेको स्पष्टीकरण दिएका छन् ।
बुधबार राजधानीमा आयोजित सम्पादकहरुसँगको छलफलमा प्रचण्डले भने, ‘मैले शाकाहारी शव्द भनेर हिंसात्मक भनेको होइन तर आवेगपूर्ण भन्न खोजेको हो ।’
आफ्नो भनाइले कन्फ्युजन ल्याएको बताउँदै उनले भने, ‘त्यसले अलिकति कन्फ्युजन त ल्याएको छ तर आक्रोश, आवेग व्यक्त गर्न खोजेको हो ।’
आफूहरु निकट अनेरास्ववियूको भेलालाई यही माघ चार गते काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले अब शाकाहारी आन्दोलनले मात्र पुग्ने देखिँदैन भनेका थिए ।
जनताको बहुदलीय जनवाद (जबज) प्रधानमन्त्री केपी शर्मा ओलीले नै छाडेको प्रचण्डले बताए । आफूसँग पार्टी एकीकरणको सम्झौता हुँदा ओलीले जबज छाडेको प्रचण्डको भनाइ छ ।
निर्वाचनसँग आफूहरु नडराउने तर तानाशाहले गराउने चुनावले संविधान भाँच्ने उनले बताए ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द