Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

जनताको बीचमा जान्छु भन्दा म तानाशाह भएँ ?, विघटनको विरोध गर्नेहरु देश विरोधी – प्रधानमन्त्री ओली

User Photo आइतवार, माघ ११, २०७७
काठमाण्डाै ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको बताएका छन् । आफूले देशमा स्थिरता कायम गर्न संसद भंग गरेर जनतामा जाने निर्णय गरेको उनको दाबी छ ।

आइतबार अपाङ्गता भएका व्यक्तिहरुसँग भएको साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘संसद विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन् । ती कराउने मान्छेहरु संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी र जनविरोधी मान्छेहरु हुन् ।’

बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने र अस्थिरता ल्याउन खोजेको खोजेकाले ताजा जनादेशमा जानु परेको उनले बताए ।‘मैले आफ्नो हातमा लिएको भए पो तनाशाह हुन्छु, जनताको बीचमा जान्छु भन्दा म तानाशाह भएँ ?’ उनले भने, ‘किनबेच र तिकडम गरेर मै शासक रहन्छु भनेको छैन । मैले त जनताका बीचमा जाउँ भनेको छु ।’

उनले आगामी निर्वाचनबाट देशको अहितमा काम गर्नेहरुलाई ठेगान लगाउन आग्रह गरे ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.