Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

प्रधानमन्त्री माथि लगाएको अभियोग पत्र फिर्ता लिएर निर्वाचनमा सहभागी भए पार्टी एकता कायम हुन्छ- ईश्वर पोखरेल

User Photo सोमवार, माघ १२, २०७७
काठमाण्डाै ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका नेता ईश्वर पोखरेलले गत कात्तिक २८ गतेको सचिवालय बैठकमा पुष्पकमल दाहालले पेश गरेको राजनीतिक दस्तावेज फिर्ता लिएर निर्वाचनमा जान सहमत भएको पार्टी एकता कायम रहने बताएका छन्।

वागमती प्रदेश कमिटीले धुम्वाराहीस्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा नेता पोखरलले प्रधानमन्त्री ओलीमाथि लगाएको ‘अभियोग पत्र’ फिर्ता लगेर निर्वाचनमा जान तयार भए पार्टी एकता कायम रहने बताएका हुन्।

‘पार्टी एकतालाई कायम राख्ने हो भने गत कार्तिक २८ गते ‘प्रचण्ड’ले सम्माननीय प्रधानमन्त्री ज्यूलाई लगाएको जुन गम्भीर अभियोग छ, त्यो अभियोग पत्र फिता लिनुपर्छ र घोषणा भइसकेको निर्वाचनमा सहभागी हुनका लागि तयार हुनुपर्छ,’ पोखरेलले भने।

दाहालले पेश गरेको राजनीतिक दस्तावेजलाई ओली पक्षले ‘आरोप पत्र’ भन्दै आएको छ।

अर्को प्रसंगमा उनले निर्वाचन आयोगले हिजो गरेको निर्णयले प्रधानमन्त्री ओलीको अडानलाई बल पुगेको बताए। ‘हामी निर्वाचन आयोगको निर्णयलाई सम्मान गर्छौं,’पोखरेलले भने, ‘शुरुदेखि नै केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको तर्फबाट जे अडान राखिएको थियो, त्यो अडानलाई बल पुग्ने स्थिति हामीले देखेका छौं।’

यसअघि आइतबार निर्वाचन आयोगले दुवै समूह (प्रचण्ड–नेपाल र ओली समूह) लाई आधिकारिकता दिन नसकिने बताएको थियो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.