दल दर्ता प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई ओली समूहकाे आग्रह

शुक्रबार, माघ १६, २०७७, काठमाण्डाै । 

नेकपा ओली समूहका नेताहरुले दल दर्ता प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

आयोगले दल दर्ता र निर्वाचनको तयारीका क्रममा हालसम्म भएका कामबारे छलफल गर्न नेकपाको दुवै समूहलाई बोलाएको थियो । तर प्रचण्ड–माधव समूहका नेताहरुले अध्यक्षद्धय राजनीतिक कार्यक्रमका लागि बाहिर भएकाले माघ १८ गतेपछि मात्र छलफलमा आउन सक्ने लिखित जानकारी दिएको छ ।

ओली समूहका नेता विष्णु पौडेल, सुवास नेम्वाङ लगायतका नेताहरुले भने आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन् । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेकाले निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने नेताहरुले बताए ।

‘दल दर्ता अगाडि बढाउनुस्, हामी प्रामिकता दिएर सहयोग गर्छौं भनेका छौं,’ छलफलपछि नेता नेम्वाङले सञ्चारकर्मीहरुलाई भने, ‘आयागले पनि सर्वोच्चले अन्यथा आदेश नगरेमा तोकिएकै समयमा चुनाव गर्न प्रतिबद्ध छौं भनेको छ ।’

आयोगले दुवै समूहलाई मान्यता नदिएको अवस्थामा दल दर्ता कसरी हुन्छ भन्ने प्रश्नमा नेम्वाङले भने, ‘आधिकारिताबारे आयोगले टुंगो लगाइसकेको छ । त्यसैअनुसार अगाडि बढेका छौं । केही साथीहरुलाई हामी आधिकारिक हौं भन्ने लागेको छ । अब दल दर्ताको प्रक्रियामा जानुपर्छ, निर्वाचनबाट सबै टुंगो हुन्छ ।’

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:15 am) मा द्वारा मुख्य समाचार अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published.


फेसबुकबाट प्रतिक्रिया

भर्खरै

ट्रेन्डिङ