
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड- माधव समूहले आधिकारिता दाबी गर्न निर्वाचन आयोग पुगेकै दिन नेकपा ओली समूहका केन्द्रिय सदस्य तथा अनेरास्ववियुका संयाेजक ऐन महरले कार्की ब्याङ्क्वेटमा उपस्थित २०० जनाको नाम सार्वजनिक गर्न चुनौती चुनाैती दिनुभएकाे छ ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै संयाेजक महरले नेकपा कार्की ब्याङ्क्वेटमा २०० जना उपस्थित भएको नाम सार्वजनिक गर्न चुनौती दिनुभएकाे हाे । नेकपाकाे तत्कालिन ४४१ सदस्यमै अल्पमतमा परेको यथार्थ माधव- प्रचण्ड समुहले लुकाएकाे आराेप समेत लगाउनु भएकाे छ ।
उहाँले लेख्नु भएकाे छ, ‘२७५ होइन नेकपा कार्की ब्याङ्क्वेटमा २०० जना उपस्थित भएको नाम सार्वजनिक गर्न चुनौती दिन्छु। तत्कालिन ४४१ मै अल्पमतमा परेको यथार्थ कति दिन लुकाएर लुक्छ र कमरेड ?’
प्रचण्ड- माधव समूहले २७५ केन्द्रिय सदस्य आफु संग रहेकाे दाबि गर्दै आएकाे छ ।