Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

हडपिएको भूमि हाम्रो हो भन्दा धम्की सुन्नु परेकाे छ- प्रधानमन्त्री ओली

User Photo सोमवार, माघ २६, २०७७
काठमाण्डाै ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हडपिएको भूमि हाम्रो हो भन्दा धम्की सुन्नुपरेको बताउनु भएकाे छ। नेपाल-भारतबीच गम्भीर कूटनीतिक प्रयास र छलफलबाट सीमासम्बन्धी समस्या समाधान गर्नुपर्नेमा जोड समेत दिनुभयाे ।

‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयक गोष्ठीमा आइतबार प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘हाम्रो भूमि हडपिएको छ, भोग चलन गर्न पाएका छैनौं, हाम्रो हो,’ भन्दासमेत गाली खानु र धम्की सुन्नुपरेको छ ।’

अबका दिनमा सीमाका विषयमा तथ्य प्रमाणसहित वार्तामा जाने बताउँदै प्रधानमन्त्री ओलीले सिमाना हेर्ने राष्ट्रसेवक तथा सिमानाको सुरक्षा खटिनेलाई भूमि मिचिनबाट रोक्नेतर्फ विशेष ध्यान पुर्याउन निर्देशन दिनुभयाे । भूमिको मामिला निकै संवेदनशील भएकाले सीमा सुरक्षासँग सरोकारवाला निकाय निकै सजग र सचेत हुनुपर्ने उहाँ बताउनु भयाे ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीका विषयमा तथ्य प्रमाणका आधारमा भारतसँग मित्रतापूर्ण र खुलस्त कुराकानी गरिने बताउँदै भन्नुभयाे, ‘हाम्रा भू-भाग फिर्ता लिनुपर्छ, सत्य र तथ्यमा आधारित भएर चल्नुपर्छ ।’

सीमा सुरक्षा भनेको समग्र राष्ट्रिय सुरक्षाको महत्वपूर्ण भाग र अङ्ग भएको बताउँदै प्रधानमन्त्री ओलीले सीमा सुरक्षा नभए राष्ट्रको सुरक्षा नहुने बताउनुभयाे ‘राष्ट्रको सुरक्षाका लागि सीमा सुरक्षा हुनुपर्छ । सीमा सुरक्षा अत्यन्तै महत्वपूर्ण कुरा हो, त्यसका निम्ति सुरक्षा नीति कार्यान्वयन कार्यनीति बनाएका छौं,’।

नेपालको तराई क्षेत्रका बस्तीभन्दा पनि यता सीमास्तम्भ ल्याइएको घटनाको प्रसंग उल्लेख गर्दै उहाँले भन्नुभयाे, ‘रिफरेन्स सीमास्तम्भलाई वास्तविक सीमास्तम्भ मान्न सकिन्न । हामीले हाम्रो भू-भागको सुरक्षाका लागि जिम्मेवार ढंगबाट पहल गर्नुपर्छ ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.