
प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले विभाजित नेकपाको अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वबाट नयाँ सरकार बन्ने सम्भावना कुनै पनि हालतमा नभएको बताएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रचण्ड-माधव नेतृत्वको नयाँ सरकार बन्ने सम्भावना असम्भव भएको बताएका छन्। उनले प्रचण्ड-माधव नेतृत्वप्रति कटाक्ष गर्दै गोरु ब्याएर बिगौती खान खोजेजस्तो मात्र भएको टिप्पणी गरेका हुन्।
‘पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्व प्रधानमन्त्रित्वमा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात् असम्भव नै छ,’ उनले लेखेका छन्, ‘यो गोरु ब्याएर बिगौती खान खोजेजस्तो मात्र हो। कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔँ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते गरेको संसद विघटन सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रचण्ड-माधव पक्ष नयाँ सरकार गठनका लागि सहकार्य खोजिरहेका छन्।
उनीहरूले प्रमुख प्रतिपक्षी दल नेपाली, कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र उपाध्यक्ष वामदेव गौतमसँग समेत परामर्श गरिरहेका छन्।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द