Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

प्रचण्ड-माधव नेतृत्वको नयाँ सरकार गोरु ब्याएर बिगौती खान खोजे जस्तो मात्रै हाे

User Photo बिहिबार, फाल्गुन १३, २०७७
काठमाण्डाै ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले विभाजित नेकपाको अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वबाट नयाँ सरकार बन्ने सम्भावना कुनै पनि हालतमा नभएको बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रचण्ड-माधव नेतृत्वको नयाँ सरकार बन्ने सम्भावना असम्भव भएको बताएका छन्। उनले प्रचण्ड-माधव नेतृत्वप्रति कटाक्ष गर्दै गोरु ब्याएर बिगौती खान खोजेजस्तो मात्र भएको टिप्पणी गरेका हुन्‌।

‘पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्व प्रधानमन्त्रित्वमा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात् असम्भव नै छ,’ उनले लेखेका छन्, ‘यो गोरु ब्याएर बिगौती खान खोजेजस्तो मात्र हो। कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔँ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते गरेको संसद विघटन सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रचण्ड-माधव पक्ष नयाँ सरकार गठनका लागि सहकार्य खोजिरहेका छन्।

उनीहरूले प्रमुख प्रतिपक्षी दल नेपाली, कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र उपाध्यक्ष वामदेव गौतमसँग समेत परामर्श गरिरहेका छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.