
नेपाली काँग्रेसका शीर्ष नेतृत्व तहमा सरकारमा जाने नजाने विषयमा मत बाझिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले अवसर पाए सरकारको नेतृत्व गर्ने अभिमत दिइरहँदा वरिष्ठ नेता रामचन्द्र पौडेलले भने काँग्रेसलाई जनादेश प्रतिपक्षकै रहेकाले सरकारमा जान नहुने बताएका छन् ।
पूर्व सांसद एकनाथ रानाभाटको बुधबार परेको दसौँ स्मृति दिवसमा आयोजित श्रद्धाञ्जलि सभामा सभापति देउवाले काँग्रेस जिम्मेवारीबाट नभाग्ने स्पष्ट पारे ।
“मरिहत्ते गर्दै खोजिँदैन । प्रधानमन्त्री नै चाहिने लोभ पनि छैन । अवसर पाए छाडिँदैन । भाग्ने पनि हैन होला”, उनको स्पष्ट भनाइ थियो, “मुलुकलाई कसै न कसैले अगाडि बढाउनुपर्छ । अहिलेको अवस्थामा अवसर पाए काँग्रेसले नेतृत्व गरेर अगाडि बढ्नुपर्छ ।”“प्रधानमन्त्री पाउँ पनि भनेको छैन ।
आयो भने भाग्नेवाला छैन । त्यसको फाइदा पार्टीलाई नै होला । म प्रधानमन्त्री भएँ भने पक्कै रामचन्द्रजी पनि खुसी हुनुहोला”, वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति लक्षित गर्दै देउवाले भने, “जो भए पनि काँग्रेसकै मान्छे प्रधानमन्त्री हुने हो । यसमा रामचन्द्रजीले सानो चित्त गर्नुहुन्न होला ।”
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द