Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

काँग्रेसमा प्रष्ट दुई धार, एकै मञ्चबाट देउवा र रामचन्द्र पौडेलकाे फरक- फरक धारणा

User Photo बिहिबार, फाल्गुन २०, २०७७
काठमाण्डाै ।

सरकारमा जाने कि नजाने भनेर नेपाली काँग्रेसमा दुई धार देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले एकै मञ्चबाट फरक- फरक धारणा अभिव्यक्त गरेका छन् ।

सभापति देउवा सरकारको नेतृत्व गर्नुपर्ने अवस्थामा त्यसबाट भाग्न नहुने पक्षमा देखिए । प्रतिपक्षमै रहेर अगाडि बढ्नुपर्ने पक्षमा देखिए वरिष्ठ नेता पौडेल ।

देउवाले आफूले प्रधानमन्त्री पद नखोजेको तर काँधमा आएको जिम्मेवारीबाट पछि नहट्ने बताए । देउवाले आफू प्रधानमन्त्री हुने कुरामा चिन्ता नगर्न पौडेललाई आग्रह गरे । ‘चिन्ता नगरे हुन्छ रामचन्द्रजी तपाईंले, म प्रधानमन्त्री भए पार्टीकै बन्ने हो । अरु पार्टीभन्दा आफ्नै पार्टीको भए तपाईंलाई पनि फाइदा होला, खुसी हुनुहोला भन्ने लाग्छ ।’

‘तपाईंले शेरबहादुर हुँदै नहोस् भन्ने चाहनुहुन्न होल जस्तो लाग्छ । अरु हुने शेरबहादुर हुँदै हुन्न भन्ने होला होला,’ देउवाले हाँस्दै भने, ‘सानो चित्त नगर्नुहोस् रामचन्द्रजी, विशाल हृदय राख्नुहोस् ।’

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.