Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

एमालेले सत्ता गठबन्धनसँग राष्ट्रिय सभामा खोज्यो भाग

User Photo बुधबार, पुस १८, २०८०
काठमाण्डौ ।

राष्ट्रियसभा निर्वाचनको सिट भागवण्डाबारे प्रमुख तीन दलबीच छलफल भएको छ । यद्यपि अहिलेसम्म कुनै निर्णय नभएको नेताहरुले बताएका छन् ।

बुधबार विहान नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच छलफल भएको थियो । त्यसलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा रहेका चार दलको बैठक बोलाए । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले एमाले नेताहरुले आफूहरुलाई राष्ट्रियसभामा शून्य नबनाउनुस् भनेका छन् भन्दै धारणा मागेका थिए ।

एक सहभागीका अनुसार एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुले पनि विरोध गरेनन् । बरु एमालेको आधिकारिक प्रस्ताव के हो सोधे । ‘एमालेको प्रस्ताव के हो ? त्यो क्लियर आओस् । त्यसपछि कुरा गर्न सजिलो हुन्छ भनेका छौं’, सत्ता गठबन्धन दलको बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने ।

सत्ता गठबन्धनको बैठक सकिनेबित्तिकै एमाले अध्यक्ष केपी शर्मा ओली पनि बालुवाटार पुगेका थिए । त्यसपछि प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच राष्ट्रियसभा निर्वाचनका विषयमा कुराकानी भएको थियो । उक्त बैठकमा एमाले अध्यक्ष ओलीले राष्ट्रियसभा चुनावमा आफूहरुलाई चाहिने सिट संख्या प्रस्ताव गरेको स्रोतको दाबी छ ।

‘उहाँहरुले अहिले भएको जति त भन्नुभएन, तर राम्रै सिट संख्या खोज्नुभएको छ’, तीन नेताबीचको छलफलबारे जानकार स्रोतले भन्यो, ‘छलफलमै रहेकाले यसै हुन्छ भन्न सकिन्न ।’

राष्ट्रियसभाका २० सदस्यको कार्यकाल २० फागुनमा सकिनेछ । जसमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासहित ९ जना एमालेबाट निर्वाचित सदस्य छन् ।

स्रोतका अनुसार कांग्रेस र माओवादी शीर्ष नेताहरुले एमालेले मागअनुसार सिट दिन नसक्ने बताएका छन् । किनकी कांग्रेस दलबाट जति सांसदको कार्यकाल सकिन्छ, त्यसभन्दा कममा चित्त बुझाउने पक्षमा छैन भने सत्ता गठबन्धनका अरु दललाई पनि मिलाउनुपर्ने दबावमा प्रधानमन्त्री प्रचण्ड छन् ।

‘कम्तीमा ३ सिटमा एमाले तयार भए सहमति जुटछ’, स्रोतले भन्यो, ‘सहमति भएको अवस्थामा एमालेले पाउने सिटमा गठबन्धनले उम्मेदवार उठाउने छैन ।’

सत्ता गठबन्धनको बैठक बिहीबार विहान ९ बजे बोलाइएको छ । यो बैठकले एमालेलाई पनि समेटेर जाने कि सत्ता गठबन्धनमा मात्र भागवण्डा गर्ने तय गर्नेछ ।

सत्तारुढ कांग्रेस नेता रमेश लेखक भने एमालेसँग राष्ट्रिय राजनीतिबारे मात्र कुराकानी भएको दाबी गर्छन् ।

‘सत्ता गठबन्धनका दलहरुसँग राष्ट्रियसभा निर्वाचनबारे कुराकानी भइरहेको छ’ लेखकले भने, ‘एमालेसँग त राष्ट्रिय राजनीतिको समग्र विषयमा मात्र कुराकानी भएको हो ।’

११ माघमा सात प्रदेशमा हुने राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन आपसमा मिले चुनाव हुने १९ सिटमध्ये कुनैमा पनि नेकपा एमाले निर्वाचित हुने छैन । स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यले मतदान गर्ने हुनाले कुन दलको कति मत छ चुनावअघि नै प्रष्ट हुन्छ, जसमा सबै प्रदेशमा सत्ता गठबन्धनको स्पष्ट बहुमत छ ।

# राजनिति # समाचार

Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.