Naya Media
सोमवार, माघ २६, २०८२
| | February 9, 2026
सोमवार, माघ २६, २०८२

ओलीलाई प्रचण्डको जवाफ- राउन्ड किक कस्तो हुन्छ जनताले देखाउँछन्

User Photo बिहिबार, भदौ २०, २०८१
काठमाण्डौ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ दलका नेताहरूले संविधानविपरीत अभिव्यक्ति दिइरहेकोले त्यसको भण्डाफोर गर्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार भएको कार्यक्रममा बोल्दै उनले सहिदहरूका बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छुट कसैलाई नभएको बताए।

‘जनयुद्ध’लाई हिंसाको रुपमा व्याख्या गरिएकोतर्फ लक्ष्य गर्दै उनले भने, ‘जनयुद्धलाई संविधानले सशस्त्र संघर्ष भनेको छ। तर संविधानको व्याख्यात्मक टिप्पणीमा स्पष्टसँगै सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर लेखिएको छ, त्यसमा सबै दलहरुले हस्ताक्षर गरेका छन्। तर अहिले कतिपय सत्तारुढ दलका नेताहरूले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्सास गर्ने गरेका छन्। संविधानविपरीत बोल्ने नेताहरूको भण्डाफोर गर्नुपर्छ। संविधानमा भएको यथार्थलाई जोडदार रूपमा जनतामा लैजानुपर्छ।’

प्रधानमन्त्रीमै बसेका नेताले आफूले गरेको ठगी, बेइमानी र जालजेझलाई ‘प्रचण्डलाई राउण्ड किक हानेको’ भनेर पनि बोलेको आफूले सुनेको प्रचण्डको भनाइ छ। ‘अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन्,’ प्रधानमन्त्री ओलीलाई लक्ष्य गर्दै उनले भने।

प्रधानमन्त्री ओलीले बुधबार च्यासलमा आयोजित पोलिटव्युरो बैठकमा प्रचण्डलाई लक्ष्य गर्दै ‘एक राउण्ड किक दिएको, असन्तुलित अभिव्यक्ति दिँदैछन्’ भन्ने अभिव्यक्ति दिएका खबर आएका थिए।

‘जनयुद्ध’का सहिदलाई सम्मान गर्ने सवालमा पार्टीले निरन्तर काम गरिरहेको पनि अध्यक्ष प्रचण्डले बताए।

पटक-पटक सहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण ‘जनयुद्ध’का सहिदले राष्ट्रिय सहिदको मान्यता पाउन नसकलकोले पछिल्लो पटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णय खोजेर सहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको उनले बताए।

‘जनयुद्ध’का सहिदले राष्ट्रिय सहिदको मान्यता प्राप्त गरेको उनको भनाइ छ।

# केपी ओली # प्रचण्ड # राजनीति

Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.