Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

एमालेले निकालेको र्‍यालीमा नाराः ‘सहकारी पीडितलाई न्याय दे’

User Photo
शुक्रबार, मंसिर ७, २०८१
काठमाण्डौ ।

सत्तारुढ दल नेकपा एमालेले काठमाडौंमा र्‍याली निकालेको छ । भद्रकालीबाट सुरु दरबारमार्ग पुगेर सभामा परिणत हुने र्‍याली पञ्चेबाजासहित सुरु भएको हो । र्‍यालीमा सहभागीहरूले सरकारको समर्थनमा विभिन्न नाराबाजी गरेकाछन्। उनीहरुले नेकपा एमाले जिन्दावाद, अघि बढ ओली सरकार, सहकारी पीडितलाई न्याय दे लगायतका नारा लगाएका छन् ।

एमालेसहित काठमाडौंमा एकैपटक तीन ठाउँबाट प्रदर्शन हुँदा ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त बनेको छ।

एमाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा सभा आयोजना गरेको हो । जसलाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ ।

कार्यक्रमलाई दिउँसो साढे १ बजे एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

# आन्दोलन # जागरण सभा # नेकपा एमाले

Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.