Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

जनमत र नाउपा एकता – पार्टीको नाम नागरिक जनमत पार्टी र चुनाव चिन्ह ढकिया राख्ने सहमति

User Photo
आइतवार, चैत्र २४, २०८१
काठमाण्डौ ।

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एकताउन्मुख रहेको छ। पार्टी भित्र आन्तरिक र दुई दलबीच विभिन्न चरणकोको छलफलपश्चात एकताका लागि आज बर्दियामा बसेको दुई दलको कार्यदलसहित बसेको शीर्ष नेताको बैठकले पार्टीको नाम र चुनाव चिन्हमा सहमति गरेको हो।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका अनुसार पार्टीको नाम नागरिक जनमत पार्टी र चुनाव चिन्ह ढकिया राख्ने सहमति भएको छ। ‘हामी दुई दलले गठन गरेको कार्यदलले विभिन्न चरणमा छलफल गरेको छ। हामी एकता प्रक्रियाको अन्तिम चरणमा आइपुगेका छौं।’ चौधरीले भने,‘पार्टीको नाम नागरिक जनमत पार्टी र चुनाव चिन्ह ढकिया राख्ने सहमति भएको छ।’

नागरिकको चुनाव चिन्ह ढकिया राख्न जनमत सहमत भएको छ। चौधरीका अनुसार दुवै दलबाट ५०/५० प्रतिशत केन्द्रीय सदस्य समायोजन गरिने छ।

दुई दलबीच पार्टीको नेतृत्वको विषयमा भने छलफल भइरहेको र सहमति हुन बाँकी रहेको छ। उनले भने,‘दुवै दलका अध्यक्षलाई एकतापश्चात अध्यक्ष (दुई अध्यक्ष प्रणाली) राख्ने की एक जना अध्यक्ष अर्को सहअध्यक्ष राख्ने भन्ने बारेमा टुंगो लाग्न बाँकी रहेको छ।’ दुई अध्यक्ष प्रणालीमा रहँदा पहिलो वरियतामा राउत र दोस्रो वरियतामा श्रेष्ठ हुने गरी छलफल भएको छ।

केन्द्रीय समितिको बैठकबाट पार्टी एकताका लागि दुवै दलले कार्यदल गठन गरेका थिए। नाउपाले गंगाराम चौधरीको संयोजकत्वमा सुनिता चौधरी र रामलाल डंगौरा रहेको कार्यदल बनाएका थिए। त्यसैगरी जनमतको कार्यदलमा प्रतिनिधिसभा सदस्य अब्दुल खान संयोजक र डा. शरदसिंह यादव र बालगोविन्द चौधरी सदस्य छन्।

दुई दलले गठन गरेको कार्यदलले बनाएको खाका एवम् विधान मस्यौदालाई जनमतका अध्यक्ष डा. सीके राउत, नाउपाका संरक्षक चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठले छलफल गरेर एकताको टुंगो लगाउने छन्।

जनमतका अध्यक्ष राउत र नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीले दुई पार्टीलाई एकीकरण गरेर राष्ट्रिय शक्ति बनाउने उद्‍घोष गरेका छन्। एकीकरणका लागि यस अगाडि काठमाडौंमा पनि विभिन्न चरणमा छलफल गरेका थिए। तर, रेशम चौधरीले तराईंमा बैठक बस्ने पार्टी एकता टुंग्याउने प्रस्ताव राउतसमक्ष राखेपछि आज बर्दियामा बैठक बसेको हो। यस अगाडि हिजो बाँकेमा पनि कार्यदलको बैठक बसेको थियो।

आज पनि छलफल जारी रहेको कार्यदलका सदस्यले बताएका छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.