
काठमाण्डौ ।
वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो ।
उनी पार्किन्सन रोगबाट पीडित थिए ।
advertisement
पछिल्लो समय भने उनी राजनीतिबाट निष्क्रिय थिए ।
केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो (सोमबार) आईसीयूमा राखिएको थियो ।
उनी पूर्व शिक्षामन्त्री पनि हुन् । नेपाल नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत थिए ।