Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

अध्यक्ष ओलीको जनप्रतिनिधिलाई निर्देशन- पार्टी विरोधि नहुनु फेरि अर्को चुनाव पनि आउँछ

User Photo आइतवार, जेष्ठ ११, २०८२
काठमाण्डौ ।

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनप्रतिनिधि र पार्टीबीच सम्बन्ध बलियो हुनुपर्ने बताएका छन्। नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका निर्वाचित वडा अध्यक्षहरूको भेलालाई आज ललितपुरमा सम्बोधन गर्दै उनले पार्टीको मतलब छैन भन्दै पार्टी विरोधि नहुन निर्देशन दिएका हुन्।

‘तपाईंहरु पार्टीको कार्यकर्ता हुनुहुन्छ। तपाईंहरु जनप्रतिनिधि भएर उडिसकेपछि चंगाको धागो काटिएजस्तो पार्टीसँग तपाईंको सम्बन्ध काटिनु हु्ँदैन। झन् बढी नजिक हुनुपर्छ झन् बढी सम्पर्क रहेर।

मलाई अरु मतलब छैन खुरुखरु काम गर्छु, मलाई पार्टीको मतलब छैन भन्यो भने फेरि अर्को चुनाव पनि आउँछ त्यसकारण पार्टी विरोधि नहुनु’एमाले अध्यक्ष ओलीले भने।उनले सबै साथी विरोधि बनिरहेका हुनाले पार्टी विरोधि नहुन निर्देशन दिए। उनले पार्टीका अपानि र नीति निर्देशन के छन् त्यो अनुसार जनप्रतिनिधि पनि अगाडि बढ्नुपर्ने धारणा राखे। पार्टीको नीति निर्देशनपश्चात कार्यान्वयन गर्ने निकाय भने वडा तह नै रहेको उनको भनाई छ।

उनले कुनै लोभ लालच र प्रलोभनमा नपरी काम गर्न वडाअध्यक्षहरुलाई निर्देशन दिए। उनले अन्य दललाई साथमा लिएर अगाडि बढ्न आग्रह गरे। एमाले पार्टी बनेको देशको स्वाधिनता, रक्षा र विकासका लागि बनेको बताए।

# केपी ओली # जनप्रतिनिधि # नेकपा एमाले # राजनिति

Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.