Naya Media
सोमवार, माघ २६, २०८२
| | February 9, 2026
सोमवार, माघ २६, २०८२

जेनजी अभियन्ता मिराज ढुंगानाको समूहले गर्यो आन्दोलनको घोषणा

User Photo आइतवार, पुस ६, २०८२
काठमाण्डौ ।

जेनजी अभियन्ता मिराज ढुंगानाको समूहले आन्दोलनको घोषणा गरेको छ । आइतबार समूहले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सोमबारदेखि माइतीघरबाट आन्दोलन थाल्ने घोषणा गरेको हो ।

ढुंगानाले जेनजी आन्दोलन निर्वाचनको लागि मात्रै नभएको बताउदै उनले सरकारले निर्वाचनको मात्रै रटान लगाएको तर जेनजी आन्दोलनको मुख्य माग रहेको भ्रष्टाचारको फाइल खोल्न नसकेको आरोप लगाए । उनले वर्तमान अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउने आंशका व्यक्त गर्दै निर्वाचन गराउनुलाई आन्दोलनको ठूलो उपलब्धि नठान्न सरकारलाई आग्रह गरे ।

उनले प्रधानमन्त्रीले नै सार्वजनिक जग्गा मिचेको, गृहमन्त्रीले काकालाई नियुक्ति दिलाउन प्रहरीमा दरबन्दी थपेको, महान्यायधिवक्ताले छोरीलाई डिम्ब तस्करीमा उन्मुक्ति दिएको, प्रधानमन्त्रीको सचिवालाय नातावाद र कृपावादमा चलेको आरोप समेत लगाए ।आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने बताउदै ढुंगानाले देशमा रोजगारीको व्यवस्था गर्नुपर्ने, शासकीय स्वरूपमा सुधार गर्नुपर्ने, विदेशमा रहेका नागरिकलाई मताधिकार दिनुपर्ने, शान्ति सुरक्षाको कायम गर्नुपर्ने, जेन-जी आन्दोलनमा संलग्नलाई धरपकड गर्न नहुनेलगायतका माग राखेर आन्दोलन गर्न लागिएको जानकारी दिए ।उनले राज्य पुनर्संरचनासहितका विषयमा सर्वपक्षीय गोलमेच सम्मेलन अथवा संबिधान परिमार्जन सभा गठन गरेर सर्वसहमतिले प्रक्रिया पुर्याएर संबिधान सुधार गर्नुपर्ने माग राखेका छन् ।

उनले जेनजी जानआन्दोलनमा भएको मानवअघिकार उलंघन, घातक दमन, र निहत्था युवाहरुको हत्याको छानबिन गरि दोषीलाई कारवाही गर्नुपर्ने माग समेत गरेका छन् । साथै उनले न्यायालयको विश्वसनीयताका लागि केहि सम्बेदनशील विषय बाहेक अन्य सबै इजलासको प्रत्यक्ष प्रशारण गर्नुपर्ने माग गरेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.