Naya Media
बुधबार, बैशाख ९, २०८३
| | April 22, 2026
बुधबार, बैशाख ९, २०८३

नेपाल फर्काउन माग दुबई स्थित दुतावासमा धर्ना

User Photo मङ्लबार, बैशाख २३, २०७७
काठमाण्डाै ।

दुबईको इमिरेट्स क्याब ट्याक्सीमा काम गर्ने नेपाली नागरिकले मंगलबार यूएईस्थित नेपाली दूतावासमा धर्ना दिएका छन् । काम नपाएर अलपत्र परेको भन्दै उनीहरुले तुरुन्तै नेपाल फर्काउन माग गरेका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) को सारजहामा कम्पनीको बेवास्ताले अलपत्र परेका ३० नेपालीमध्ये १७ जना श्रमिक धर्नाका लागि पुगेका थिए । यसअघि उनीहरूलाई यूएईकै प्रवासी नेपालीहरूले कोठा खोजेर राखेका थिए ।

तर, कोठा भाडाको समय अवधि सकिएपछि फेरि अलपत्र हुने अवस्था आएको भन्दै उनीहरु दूतावास पुगेका हुन् । उनीहरु लगेज बाकेरै दूतावासमा पुगेका थिए ।

मासिक १५ सय दिराम कमाइ हुन्छ भनेर आठ महिनाअघि युएई गएका उनीहरूलाई कम्पनीले महिना मरेपछि १ सय ८ दिराम दिन थाल्यो । ६ महिनामा पनि तलबको समस्या समाधान नभएपछि उनीहरू एक महिना अघिबाट नेपाल फर्किने प्रक्रियामा लागेका थिए । १० जना त फर्किए पनि । तर त्यति नै बेला नेपालले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि अरू उतै रोकिए ।

त्यसको केही दिनपछि उनीहरू बसेको कोठामा बंगाली साहुले ताल्चा ठोकिदिए । कम्पनीबाट निकालिएका उनीहरू नेपाली राजदूतावासको बेवास्तामा पनि परे ।

केही दिन पार्कमै खुला आकाशमुनि रात बिताएपछि उनीहरूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एक महिनाका लागि कोठा खोजेर राखिदिएको थियो । तर उनीहरूलाई खानेकुराको भने समस्या कायमै थियो ।

जति प्रतीक्षा गर्दा पनि न्याय नपाएपछि दूतावासको गेटमा धर्ना दिन गएको अलपत्रमध्ये एक युवकले बताए ।

उनीहरु धर्नामा बसेपछि दूतावासमा वार्ता भएको थियो । दूतावासले उनीहरुलाई पुनः एनआरएनएको सहयोगमा सारजाहमा बस्ने व्यवस्था मिलाएको बताएको छ ।

उनीहरुलाई सारजाहसम्म लैजाने प्रवनध पनि मिलाइएको दूतावासले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । उनीहरुलाई लकडाउन खुलेलगत्तै नेपाल फर्किने प्रवन्ध गर्ने प्रतिवद्धता दूतावासले गरेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.