पत्रिका जलाइएको घटनाप्रति पत्रकार महासङ्घको आपत्ति

बुधबार, अशोज १७, २०७५, । 

कैलालीको अत्तरिया बजारमा बिक्री वितरण गर्नका लागि ल्याइएका कान्तिपुर दैनिक, काठमाडौँ पोष्ट, नागरिक दैनिक पत्रपत्रिकाको पोकोमा अज्ञात समूहले बुधबार बिहान आगो लगाएर नष्ट गरेको छ ।

नेपालगञ्जबाट बिहान अत्तरिया बजारको बिक्री केन्द्रमा पुगेको पत्रिका बोकेको जीपमा रहेका पत्रिका निकालेर चार पाँच जनाको समूहले आगो लगाइ नष्ट गरेको प्रहरीले जनाएको छ ।

नेपाल पत्रकार महासङ्घ कैलालीले पत्रपत्रिकामा आगजनी गरिएको घटनाप्रति आपत्ति जनाउँदै घटनामा संलग्नको खोजी गरी कडा कारबाही गर्न माग गरेको छ ।

महासङ्घले जारी गरेको विज्ञप्तिमा आम नागरिकलाई सुसूचित हुने अधिकारबाट बञ्चित हुने गरी पत्रिका जलाइएको यो घटना प्रेस स्वतन्त्रता माथिको आक्रमण भएको जनाएको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

बुधबार, अशोज १७, २०७५ (October 3, 2018, 3:39 pm) मा द्वारा नयाँ बिशेष अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै