Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 24, 2026
शुक्रबार, बैशाख ११, २०८३

डा. केसीसँग गरिएको सम्झौता कार्यान्वयन नगरे आन्दोलनमा जाने स्वास्थ्य मन्त्रीकाे चेतावनी

User Photo बिहिबार, माघ १०, २०७५

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव सरकारसँग असन्तुष्ट देखिएका छन् । उनले गरेका सिफारिस मन्त्रिपरिषद्मा अड्किएपछि उनी असन्तुष्ट भएका हुन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

संघीय फोरमका अध्यक्षसमेत रहेका मन्त्री यादव सरकारमा सहभागी भएको ८ महिनामै मन्त्रिपरिषद्को कार्यशैलीप्रति असन्तुष्ट देखिएका छन् । उनले गत जेठ १८ मा उपप्रधान एवं स्वास्थ्यमन्त्रीको सपथ लिएका थिए । सरकारले डा. गोविन्द केसीसँग गरेको सम्झौता अनुरुप राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नल्याइएकोमा उनको असन्तुष्टि छ ।

‘आन्दोलन गरेर आएको हुँ । के ठेगान भोलि फेरि आन्दोलनमा जानुपर्ने हो ?’ उनले भने ‘डा. गोविन्द केसीसँग गरिएको सम्झौता इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्छ । चिकित्सा शिक्षा गुणस्तरीय हुनुपर्छ । ’ डा. केसीको १५ औं सत्याग्रहका क्रममा गत साउन १० गते सरकार र उनीबीच सम्झौता भएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.