Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

बम पड्काउने आतंककारी समूहलाई सोध्न चाहन्छु माग के हो ?- प्रधानमन्त्री ओली

"विप्लव समूहको उद्देश्य पैसा उठाउने बाहेक अरू केही छैन"

User Photo सोमवार, जेष्ठ १३, २०७६
काठमाण्डाै ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राजधानीमा बम विस्फोट गराउने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहलाई माग के हो भनी प्रश्न गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगको १९ औं वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले भने ‘हिजो बम पड्काउने आतंककारी समूहलाई सोध्न चाहन्छु माग के हो ?’

संविधान बमोजिम निर्वाचनमार्फत सरकार बनेको भन्दै प्रधामन्त्री ओलीले अब के चाहियो भनी प्रश्न गरे । प्रधानमन्त्री ओलीले सिलिण्डर बम हानेर आतंकित पार्ने र लुटपाटका लागि क्रान्तिको नाम लिने यो मानव अधिकारका लागि खतरनाक पक्ष भएको बतााए । विप्लव समूहको उद्देश्य पैसा उठाउने बाहेक केही पनि नभएको पनि उनले जिकिर गरे ।

प्रधानमन्त्री ओलीले प्रेस स्वतन्त्रताको विषयमा सरकार संविधानभन्दा विपरीत नजाने पनि बताए । ‘प्रेस स्वतन्त्रताको सम्बन्धमा संविधानले व्यवस्था गरेभन्दा सरकार एक अक्षर पनि तलमाथि गर्दैन ।’ पत्रकारितामा कतिपय विसंगति देखिएको भन्दै उनले सुधार गर्नुपर्ने बताए ।

‘समाचार सत्यमा आधारित हुनुपर्छ, कसैलाई व्यक्तिगत रुपमा रिस उठेको भरमा सभ्यताको सिमा नाघ्न मिल्दैन’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले नेपाललाई मानवअधिकारमा कमजोर भएको देश हुन नदिने स्पष्ट पारे ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.