प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा सहभागी हुन भारत जाने भएका छन । यसअघि नै उहाँ भारत जाने लगभग निश्चित भए पनि मिति भने तय भएको थिएन ।
भारतीय दुतावास मार्फत औपचारिक निमन्त्रणा आएपछि उहाँ बिहीबार भारत जाने तय भएकाे हाे । नरेन्द्रमोदीले बिहीबार साँझ ७ बजे भारतका राष्ट्रपति रामथाथ कोविन्दबाट सपथ लिने जनाईएको छ । तसर्थ ओली बिहीबार बिहा बिहानै नयाँदिल्ली प्रस्थान गर्ने र शुक्रबार नै स्देश फर्कने निर्णय भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
दोस्रो पटक प्रधानमन्त्री बन्न लागेका मोदीले सार्क राष्ट्रका पाकिस्तान, माल्दिब्स र अफगानस्तानका सरकार प्रमुखलाई भने माेदीले निमन्त्रणा दिनुभएकाे छैन । त्यसबाहेक सार्कका अन्य राष्ट्रअध्यक्ष तथा सरकार प्रमुखलाई मात्रै निम्तो दिईएको भारतीय सन्चार माध्यमहरूले जनाएका छन् । साथै माेदीले थाईल्याण्ड, मोरिसस र चेक गणतन्त्रका सरकार प्रमुख तथा राष्ट्र प्रमुखलाई पनि निमन्त्रणा गर्नु भएको छ ।
यसअघि २०१४ मा प्रथम पटक प्रधानमन्त्री भएका बेला पनि सार्क राष्ट्रका राष्ट्राध्यक्षहरुलाई आफ्नो सपथ समारोहमा बोलाएर सद्भाव देखाएका थिए । त्यो बेला नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री शुशिल कोईराला समारोहमा सहभागी भएका थिए ।
