Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

प्रधानमन्त्रीकाे आफ्नै श्रीमतीलाई आग्रह, बनावटी कुरा गरे सार्वजनिक मञ्चमै विरोध गर्नु

User Photo बिहिबार, जेष्ठ १६, २०७६
काठमाण्डाै ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बनावटी कुरा गरे सार्वजनिक मञ्चबाटै विरोध गर्न आफ्नी श्रीमती राधिका शाक्यलाई आग्रह गर्नु भएको छ । प्रधानमन्त्री ओलीले ‘प्रथम राष्ट्रिय महिला दिवस’ को अवसर पारेर बिहीबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै आफूले बोलेका कुरा बनावटी भए हात उठाएर विरोध गर्न श्रीमती शाक्यलाई आग्रह गर्नु भएको हो ।

मञ्चमै बसिरहनु भएकी श्रीमती शाक्यतर्फ फर्कँदै उहाँले आफूले बनावटी कुरा गरे हात उठाएर विरोध गर्ने अधिकार उनलाई रहेको बताउनु भयो । ‘महिला हेला गर्ने विषय हुँदै होइन’, प्रधानमन्त्री ओलीको भनाइ थियो,‘ मेरो श्रीमती नजिकै भएको हुनाले म हात उठाएर विरोध गर्ने अधिकार छ भन्दिन चाहान्छु । मैले बोलेका कुरामा फरक/वनावटी छ भने हात उठाएर यो कुरा सही होइन भन्ने अधिकार उनलाई छ ।’

प्रधानमन्त्री ओलीले महिलाको उत्थानबिना समाजको उत्थान सम्भव हुँदैन भन्ने कुरा स्वीकार गरिए पनि त्यसलाई कार्यान्वयनमा लैजाने कामले भने अझै गति लिन नसकेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालले महिला अधिकारको क्षेत्रमा नेपालले धेरै उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनीहरुलाई पुरुष सरह अधिकार दिलाउन लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । त्यस अवसरमा उहाँले महिला जनप्रतिनिधिहरुको काम गर्व गर्न लायक रहेको पनि बताउनुभयो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.