Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

सरकार परिवर्तन नभए पार्टी एकता बिथोलिन्छ- वामेदव गौतम

बजेटका कारण सरकारको प्रशंसा, कार्यान्वयन भएरै छाड्ने दाबी

User Photo शुक्रबार, जेष्ठ १७, २०७६
काठमाण्डाै ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामेदव गौतमले पार्टी एकिकरण हुँदा जे सहमति भएकाे थियाे साेहि अनुसार पार्टी अघि बढ्नु पर्नेमा जाेड दिनुभएकाे छ । प्रेस संगठन, प्यूठानले शुक्रबार गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता गौतमले सहमति उल्लंघन गरिए पार्टी एकता बिथोलिने समेत बताउनुभयाे ।

सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति उल्लंघन गर्नु नहुने बताउँदै उहाँले भन्नुभयाे, ‘ सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिने भएकाले जे सहमति भएको हो, त्यो हुन्छ, कसैले उल्लंघन गर्दैन ।’

नेता गौतमले बजेट मिडिया काउन्सिल विधेयक, सार्वजनिक खरिद ऐनलगायतका थुप्रै ऐनहरु संशोधन तथा नयाँ कानुनहरु निर्माण गर्न आवश्यक रहेको पनि बताउनुभयाे ।

पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका नेता गैतमले बजेट जनपक्षीय भएकाे पनि बचाउ पनि गर्नुभयाे । उहाँले जनपक्षीय बजेटका कारण सरकारको प्रशंसा भैरहेको र कार्यान्वयन भएरै छाड्ने दाबी समेत गर्नुभयाे ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.