Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

निरंकुश राजा जस्तै बन्न थाले प्रधानमन्त्री- देउवा

‘हामी संसद चल्न दिन्नौंं, विधेयक कुनै हालतमा पास हुदैन'

User Photo शनिबार, जेष्ठ १८, २०७६
बुटवल ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश राजा जस्तै बन्न थालेको आरोप लगाएका छन् । रुपन्देही कांग्रेसको जिल्ला सम्मेलन उद्घाटन गर्दै देउवाले विगतमा राजाले वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता खोसे जस्तै प्रधानमन्त्री ओलीले गर्न खोजेको बताए । ‘जनताका अधिकार खोस्ने र प्रजातन्त्रसँग हिँड्न नखोेजेपछि राजा (ज्ञानेन्द्र)लाई पनि हटाएका हौं, त्यत्तिकै हटाएका होइन’ देउवाले भने, ‘अहिले ओलीले पनि त्यस्तै गर्दैछन् ।’

सरकारले मिडिया काउन्सील विधेयक ल्याएर वाक तथा अभिव्यक्ति र प्रेस स्वतन्त्रता खोस्न खोजेके उनले बताए । ‘२००७ सालदेखि हामी लडेको वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रताका लागि हो । अहिले सरकारले विधेयक ल्याएर स्वतन्त्रतामा बन्देज लगाउन खोज्दैछ’ देउवाले भने, ‘हामी संसद चल्न दिन्नौंं, विधेयक कुनै हालतमा पास हुन दिन्नौं ।’

सरकारले स्वतन्त्र न्यायपालिका र मानवअधिकार आयोगमाथि पनि हस्तक्षेप गरिरहेको उनले बताए । ‘ओली सरकार पञ्चायत भन्दा पनि तल्लो स्तरमा ओर्लेर निरंकुशता र मनपरी लाद्न खोज्दैछ’ पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘सरकारविरुद्ध लड्नुपर्ने अवस्था छ, आन्दोलनका लागि तयार हुनुस् ।’

विपक्षी दलका नेता देउवाले सरकारले ल्याएको वजेट कार्यकर्ता पाल्ने खालको मात्र भएको टिप्पणी गरे । ‘विदेशबाट आएको अनुदान र ऋणले कार्यकर्तालाई पाल्न पाइन्छ ?’ देउवाले भनेका छन्, ‘यो कुनै हालतमा हुन दिन्नौं ।’ कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पार्टी एकजुट भए कसैले हराउन नसक्ने बताए ।

प्रमुख सचेतक बालकृष्ण खाणले सरकार निरंकुशता र सर्वसत्तावादतर्फ अग्रसर भएको आरोप लगाए । उनले अघिल्लो सरकारले तोकेको प्रदेशको राजधानी बुटवलबाट सार्न खोजिए जस्तोसुकै बलिदान दिन तयार रहेको बताए । नेता शेखर कोइरालाले सरकारले संघीयता असफल बनाउने काम गरिरहेको बताए ।

केन्द्रीय सदस्य देवेन्द्रराज कंडेलले शीर्ष नेताहरु एक ढिक्का हुनुको विकल्प नभएको बताए । अनुशासन समितिका सदस्य समेत रहेका कंडेलले पार्टीमा अन्तरघात गर्ने र बागी उम्मेदवारहरुको तथ्यांक संकलन गरेर कारवाही गर्ने बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.