Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

रविन्द्र अधिकारीलाई निर्दोष भन्नै नपाइने ? को हुन् ती न्यायाधीश ?- प्रधामन्त्री ओली

जनताको बहुदलीय जनवाद नै मुख्य विचार 

User Photo शनिबार, जेष्ठ १८, २०७६
पोखरा ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्व. पर्यटनमन्त्री रवीन्द्र अधिकारी वाइडबडी प्रकरणमा निर्दोष रहेको दोहो¥याएका छन् । छुद्र मानसिकता भएका मान्छेहरुले रवीन्द्रको नाम जोडेर बद्नाम गराउने काम गरेको उनले बताए ।

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान घोषणा कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘वाइडबडी काण्डमा उहाँको नाम बद्नाम गर्ने काम भयो । मैले उहाँ त्यस मामिलामा निर्दोष हुनुहुन्छ भन्दा एकथरी अत्यन्त छुद्र मतिका मान्छेहरुलाई यो कुराले साह्रै पोलेछ । उहाँ वास्तवमै निर्दोष हुनुहुन्छ ।’

तत्कालीन पर्यटनमन्त्री अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो । त्यसको केही दिनपछि नेकपा संसदीय दलको बैठकमा ओलीले अधिकारी निर्दोष भएको दाबी गरेका थिए । विपक्षी कांग्रेसका सांसद लगायतले छानविन पुरा नहुँदै प्रधानमन्त्रीले फलानो दोषी, फलानो निर्दोष भन्नु गलत भएको भन्दै आलोचना गरेका थिए ।

प्रधानमन्त्री ओलीले भने भुईंफुट्टा मान्छे तथा संस्थाहरुले अदालतले फैसला नगरेको कुुरालाई प्रधानमन्त्रीले त्यसो भन्न पाइन्छ भनेर प्रश्न गरेको टिप्पणी गरेका छन् । ‘केही पूर्वाग्रही, छुद्र मानसिकताका असभ्य र भुइँफुट्टा मान्छेहरु, केही भुइँफुट्टा संस्थाहरु नेकपाका मन्त्री जोगाउन यस्तो भन्न भएन भनिरहेका छन् ?’ उनले भने, ‘अदालतले निर्णय नगरेको कुरामा दोषी छ भन्न पाइने, मनपरी भन्न पाइने, निर्दोष भन्न नपाइने ? को हुन् ती न्यायाधीश ?’

उनले पटकपटक रवीन्द्र निर्दोष भएको दोहो¥याए । रवीन्द्र अधिकारी स्वच्छ आचरण र छवि भएको तथा कर्मठ र क्रियाशील नेता भएको ओलीको भनाइ थियो । उनले नेतृत्व र पार्टीको नीतिविरुद्ध जथाभावी बोलेर चर्चामा आउन नचाहने नेताका रुपमा रवीन्द्रको स्मरण गरे । ‘पार्टीका निर्णयविरुद्ध, पार्टीको नीतिविरुद्ध जथाभावी बोलेर आफ्नो बहादुरी हुन्छ भन्ने भ्रम नफाल्ने नेता हो,’ ओलीले भने, ‘विरोधीले उचाल्दिन्छन्, बेलुन बनाएर फुकेर ठूलो बनाइदिन्छन् अनि त्यसैमा कुद्नेहरु पनि छन् । त्यो रोग रवीन्द्र अधिकारीमा थिएन ।’

उनले लोकप्रिय नेताको रुपमा रवीन्द्रलाई चित्रण गरे । आधा घन्टा बोलेका प्रधानमन्त्री ओलीले अधिकांश समय रवीन्द्र अधिकारीको प्रशंशा गरेका थिए । ‘जबसम्म उहाँ जिउँदै हुनुहुन्थ्यो, कसैको आँखामा आँसु देखाउनु भएन । उहाँको निधनपछि हामी सबैको आँखामा आँसु आए,’ प्रधानमन्त्री ओलीले भने ।

जनताको बहुदलीय जनवाद नै मुख्य विचार 

प्रधानमन्त्री ओलीले नेकपाभित्रको वैचारिक बहसमाथि पनि कडा रुपमा प्रस्तुत भएका छन् । जनताको बहुदलीय जनवादलाई मुल सिद्धान्त मान्ने कि परिवर्तन गर्ने बहस चलिरहेका बेला ओलीले जबजको विकल्प नभएको बताएका हुन् ।

मदन भण्डारीले ल्याएको जनताको बहुदलीय जनवादबाटै नेपाली कम्युनिस्ट आन्दोलन यहाँसम्म आइपुगेको प्रधानमन्त्री ओलीको भनाइ छ । मदन भण्डारीकै सोचले नेपाली कम्युनिस्ट आन्दोलनलाई शक्तिशाली बनाएको ओलीको दाबी छ । ‘नेपालको कुनै आन्दोलन छ भने मदन भण्डारीका विचारले जन्मिएको जनताको बहुदलीय जनवादले नेतृत्व गरेको छ,’ ओलीले भने, ‘आज हाम्रो पार्टी जुन सम्झौताको विन्दुमा पुगेको छ, त्यसका पछाडि विचारहीन ढंगले जसो गरे पनि चल्छ भन्ने होइन ।’

नेपाली कम्युनिस्ट आन्दोलनमा पार्टी स्थापनाको हिसाबले पुष्पलाल र विचारका हिसाबले मदन भण्डारीको महत्वपूर्ण भूमिको रहेको उनको विश्लषेण छ । पुष्पलालले आन्दोलन सुरु गरेपनि छिन्नभिन्न भएको र त्यसलाई मदन भण्डारीले विचारमार्फत विकास र विस्तार गरेको ओलीले बताए ।

मदन भण्डारीकै विचारबाट झन्डै २ तिहाई बहुमतको नेकपा सरकार बनेको ओलीले दाबी गरे । मदनभण्डारीका विचारसँग कुनामा बसेर कुरा काट्ने काम भइरहेको ओलीको आरोप छ । ‘कुनामा बस्ने, कुरा काट्ने अनि फाल्टु गफ लेखेर विद्वान पल्टिने प्रवृति छ,’ ओलीले भने, ‘त्यसको कुनै अर्थ छैन, खाली विरोधीलाई उक्साउनेमात्रै हो ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.