Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

लालबाबु पण्डितलाई कारवाही गर्न माग

User Photo बिहिबार, जेष्ठ ३०, २०७६
काठमाण्डाै ।

लोकसेवा आयोगको विज्ञापन खारेज गर्न नमानेकाे भन्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई कारवाही गर्न संसदमा आवाज उठेको छ ।

प्रतिनिधिसभाको बैठकमा समाजवादी पार्टीका प्रदीप यादव र उमारशंकर अरगरियाले संविधान विपरित अभिव्यक्ति दिने मन्त्रीलाई कारवाही गर्न माग गरेका हुन् । अरगरियाले संसदीय समितिको निर्देशन नमान्ने र संविधानविपरित अभिव्यक्ति दिने मन्त्रीलाई कारवाहीको घेरामा राख्न सभामुख कृष्णबहादुर महरालाई आग्रह गरेका हुन् ।

उनले रुलिङको माग समेत गर्न भ्याएका छन । उनले भने, ‘समानुपातिक समावेशीतालाई उल्लंघन गर्दै विज्ञापन प्रकाशित गर्नेलाई कारवाही हुनुपर्छ । लोकसेवाको विज्ञापन खारेज हुनुपर्ने राज्य व्यवस्था समितिको निर्देशन नमान्ने मन्त्रीलाई पनि कारवाहीको घेरामा ल्याउनुपर्छ ।’ अर्को तर्फ मन्त्री पण्डितले विज्ञापन कुनै हालतमा फिर्ता नुहने अठान राख्दै आउँनु भएको छ ।

सांसद अरगरियाले समावेशी सिद्धान्तविपरित आएको लोकसेवाको विज्ञापनले संघीयतामाथि सांघातिक हमला भएको टिप्पणी गर्नुभयो । अर्का सांसद प्रदीप यादवले लालबाबुको नाम नलिइ जथाभावी अभिव्यक्ति दिने साइकलमन्त्रीलाई लगाम लगाउन माग गरेका हुन् ।

अहिले पनि विद्यार्थीहरु आवेदन दिइरहेका छन् । सर्वोच्व अदालतले तत्काललाई विज्ञापन रोक्नुपर्ने कारण नभएको भन्दै फैसला दिएपछि विज्ञापन नरोकिने भएको हो । यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली आएपछि मात्रै टुङ्गो लाग्ने बताइएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.