Naya Media
बिहिबार, असार ११, २०८३
| | June 24, 2026
बिहिबार, असार ११, २०८३

याे बर्ष मरे ४३ गैडा, कारण पत्ता लागेन

User Photo बुधबार, असार ४, २०७६
काठमाण्डाै ।

चालू वर्ष चोरी सिकारीबाट एउटा पनि गैंडा मरेका छैनन् । तर, प्राकृतिक कारणले ४३ वटा मरेका छन् । झन्डै एक वर्ष अवधिमा प्राकृतिक र अन्य कारणले ४५ गैंडा मरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठले बताए ।

‘धेरै संख्यामा गैंडा मरेपछि विभिन्न अध्ययन गर्दै आएका छौं’, उपसचिव श्रेष्ठले भने, ‘के कारणले मरेको हो भनेर यकिन भएको छैन ।’ विभागले ६० ठाउँको पानी परीक्षण गर्दा पनि केही कारण पत्ता नलागेको उनले सुनाए। मृत शरीर र वासस्थानको जाँच गर्दा पनि केही नखुलेको उनको भनाइ छ। ‘के कारणले मरेको हो भनेर अध्ययनमै छौं’, उनले भने, ‘भारतमा जेडएसआई टेस्ट गराउँदै छौं । त्यहाँबाट पनि केही पत्ता नलागे अन्य मुलुकमा भएको प्रविधिमा जानेछौं।’

पछिल्लो तथ्यांकअनुसार देशभर ६ सय ४५ गैंडा छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा मात्रै ६ सय ५ वटा छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा २८, शुक्लाफाँटामा नौ र पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा रहेको विभागको तथ्यांक छ । चालू वर्ष चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले ३८ र अन्य कारणले दुई गैंडा मरे । डिभिजन वन कार्यालय चितवनमा दुई र बर्दिया राष्ट्रिय निकुञ्जमा तीनवटा मरे । यीमध्ये ड्यामबाट खसेर एक र होटलको सेफ्टी ट्यांकमा खसेर एउटाको मृत्यु भएको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.