Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

संखुवासभामा नेपाल प्रहरी र विप्लव समूहबीच दाेहाेराे गाेली चल्याे

User Photo सोमवार, असार १६, २०७६
काठमाण्डाै ।

संखुवासभामा नेपाल प्रहरी र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहबीच जम्काभेट हुदा फायरिङ भएको प्रहरीले दाबी गरेको छ । तर, दुवै पक्षमा कुनै क्षति भएको छैन ।

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीका अनुसार सिलिचोङ गाउँपालिका-१ मा गस्तीका लागि टोली गएको थियो । उनले भने, ‘गस्तीमा टोली गएको छ । कहिले काहीँ फिल्डमा जाँदा सांकेतिक फायरिङ हुन्छ । अरु केही होइन ।’

प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले भने हुइंला भन्ने स्थानमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेको बताए । उनले भने, ‘उनीहरुले फायर गर्दै जंगलतिर भागेपछि प्रहरीतर्फबाट पनि गोली चलेको छ । थप विवरण आइसकेको छैन ।’

प्रहरीका अनुसार अहिले त्यस क्षेत्रमा थप मद्दतको टोली पनि पठाइएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.