Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

सुदुरपश्चिमका विभिन्न जिल्लाका नेकपा विप्लवकाे तालाबन्दी, कतै बम कतै पर्चा

'ताला खोलेमा सम्बन्धित व्यक्ति नै जिम्मेवार हुनेछ' भनेर धम्की सहितका पर्चा

User Photo आइतवार, असार २२, २०७६
काठमाण्डाै ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सुदुरपश्चिमका कैलाली, अछाम र डडेल्धुराका धेरैजसो वडा कार्यालयहरुमा तालाबन्दी गरेको छ । डडेल्धुराकाे परशुराम नगरपालिकाका विभिन्न वडामा र कैलालीकाे गोदावरी नगरपालिकाको वडा नम्बर ७ र ८ को वडा कार्यालय बम समेत भेटिएको छ ।

कैलालीकाे धनगढी उप–महानगरपालिका क्षेत्रका १४ वटा वडा कार्यालयमा तालाबन्दी गरिएको विप्लव समूहका एक नेताले बताए । तालाबन्दी गर्दै वडा कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोको पर्चा समेत राखिएको छ ।

त्यस्तै कैलालीकै टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, भजनी नगरपालिका, घोडाघोडी नगरपालिकाका वडा कार्यालयहरु समेत तलाबन्दी गरिएको छ । तालाबन्दी गर्ने क्रममा जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकाका वडा कार्यालयहरुमा समेत विप्लवका कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् । यसअघि विप्लवका कार्यकर्ताले गएराती कैलालीको लम्कीचुहा नगरपालिकामा कार्यालयमै भेटिएका कर्मचारी र जनप्रतिनिधिलाई थुनेका थिए ।

त्यसै गरी अछामका १२ वटा वडा कार्यालयमा तालाबन्दी गरेको छ। पार्टीको सेती महाकाली ब्युरोका नाममा पम्पलेट टासेर स्थानीय तहका वडाहरूमा तालाबन्दी गरिएको हो।

मंगलसेन नगरपालिकाको १ कुन्तीबण्डाली, १३ बस्ती, ढकारी गाउँपालिकाको वडानम्बर २ हिच्मा, तुर्माखाद गाउँपालिकाको वडा नम्बर २ भुलु र ७ तोषी, पञ्चदेवल विनायक नगरपालिकाको ९ कालेकाँडा, ८ बारला, ५ लयाँटी र ७ पुल्लेतोला तथा रामारोशन गाउँपालिकाको वडा नम्बर ३ शान्तडा, ४ बाटुलासैन र ६ भटाकाटियाका वडा कार्यालयमा तालाबन्दी गरिएको छ।

कालेकाडा र बारलाको वडा कार्यालय अगाडी नै प्रहरी चौकी छ। पार्टीको घोषित नीति अन्तर्गत असार २२ गते सरकारी कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम अनुरुप अछामका १२ वटा वडा कार्यालयमा तालाबन्दी गरिएको भनाइ विप्लवकाे रहेकाे छ।

मंगलसेन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष गोपाल थापाले कार्यालयको ताला तोडेर छुट्टै ताला झुन्ड्याएको जानकारी दिए। ‘वडा कार्यालयको ताला तोडेर नजिकै फालिएको छ, र अर्को ताला लगाइएको छ’, वडा अध्यक्ष थापाले भने, ‘सँगै दलाल पुँजीवादी संसदीय व्यवस्था अन्त्य गरौं, सामाजिक दलाल पुँजीवादी सरकार खारेज गरौं, नेपाल कम्युनिष्ट पार्टी सेती महाकाली ब्युरो भनेर पर्चा टासिएको छ।’ अध्यक्षको कार्यकक्ष रहेको कोठामा तालाबन्दी गरिएको रामारोशन ३ का अध्यक्ष ताराबहादुर साउँदले पनि दिए।

बिनाकारण तालाबन्दी गरेको भन्दै अध्यक्ष साउँदले असुरक्षा बढेको बताए। ‘दलाल पुँजीवादी सरकारका विरुद्ध लगाइएको ताला खोलेमा सम्बन्धित व्यक्ति नै जिम्मेवार हुनेछ’ भनेर धम्कीपूर्ण भाषा लेखिएको वडा अध्यक्ष साउँदले बताए।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले अहिलेसम्म पञ्चदेवल विनायक नगरपालिकाको पुल्लेतोलास्थित वडा कार्यालयमा तालाबन्दी भएको खबर प्राप्त भएको र प्रहरी पठाएर ताला खोलिएको बताए। कुन स्थानीय तहका कुन् कुन् वडा कार्यालयमा तालाबन्दी भएको हो एकिन नभएको उनले बताए।

त्यस्तै डडेलधुरा जिल्लाको परशुराम नगरपालिकाका विभिन्न वडामा बम भेटिएको छ । परशुराम नगरपालिका– ९ को गाइबाधे र १० को कुर्मुल्ले वडा कार्यालयमा आइतबार बिहान शंकास्पद वस्तु छाडेर अज्ञात समूहले तालाबन्दी गरेको हो । सोही वडाको ७ र ८ मा तालाबन्दी गरिएको भए पनि बम भने भेटिएको छैन ।

तालाबन्दीसँगै प्लास्टिकमा बेरेर बमजस्तै देखिने शंकास्पद वस्तु राखिएको परशुराम नगरपालिका–९ का वडाध्यक्ष रमेश बोहराले बताए ।शंकास्पद वस्तु भेटिएको जानकारी जनप्रतिनिधिले गराएपछि प्रहरी घटनास्थलतर्फ गएको छ ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले शंकास्पद वस्तु भेटिएका स्थानमा प्रहरी टोली खटाइएको जानकारी दिए । त्यस्तै, आलिताल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमा पनि तालाबन्दी गरिएको छ । यहाँ भने कुनै पनि शंकास्पद वस्तु नराखिएको बताइएकाे छ ।

२२ गते नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले अघोषित बन्द आह्वान गरेकाे र केही स्थानमा पर्चासमेत भेटिएकाले यही समूह संलग्न हुनसक्ने अनुमान प्रशासनले गरेको छ ।

वर्तमान सरकार राष्ट्रघाती, जनविरोधी र भ्रष्टाचार तर्फ उल्मुख भएको भन्दै त्यसका विरुद्ध पार्टीले सुरु गरेको अभियान अन्तरगत तालाबन्दी गरिएको पर्चामा उल्लेख गरिएको छ । ‘पर्चामा सामाजिक दलाल पुँजीपति सरकार खारेज गराैँ’ लगायत नारा अंकित छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.