Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छोड्न निर्देशन

एसपी मल्लले सरुवा भएको १३ दिन सम्म पनि जिल्ला छाडेका थिएनन

User Photo बिहिबार, पुस १७, २०७६
काठमाण्डाै ।

प्रदेश नं ३ प्रहरी कार्यालय हेटौँडाले जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छोड्न निर्देशन दिएको छ ।

सरुवा भएको १३ दिन सम्म पनि जिल्ला नछाडेपछि प्रहरी नायव उपरिक्षकलाई इन्चार्जको जिम्मेवारी सुम्पिएर एसपी मल्ललाई १२ घण्टाभित्र जिल्ला छोड्न निर्देशन दिएको हो ।

प्रदेश प्रहरी कार्यालयले बुधबार दिएको निर्देशनमा ‘एसपी दानबहादुर मल्ललाई हालसम्म पनि सरुवा भएको दरबन्दीमा रवाना गरेको जानकारी यस कार्यालयमा प्राप्त हुन आएकाले त्यहाँ कार्यरत डिएसपीलाई कार्यालयको सम्पूर्ण चार्ज बुझाइ १२ घण्टाभित्र तोकिएको दरबन्दीमा रवाना गरी सोको जानकारी तालुक कार्यालय तथा यस कार्यालय समेतमा दिन निर्देशन गरिन्छ ।’

गत पुस ४ गते २४ जना एसपीको सरुवा भएको थियो । जसमा एसपी मल्ललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको थियो । यस्तै एसपी मल्लको ठाउँमा एसपी गंगा पन्तलाई पठाइएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.