Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

यती कम्पनीप्रति सरकारकाे सदाशयता, यि हुन २०५० साल देखि हालसम्म भएका मुख्य घटनाक्रम

शेर्पा परिवारकाे सम्बन्ध मदन भण्डारीको पालादेखि नै निकट

User Photo शुक्रबार, पुस १८, २०७६
काठमाण्डाै ।

यती कम्पनीप्रति बढी नै सदाशयता देखाउँदा सरकार यतिबेला विवादमा फसेको छ । तर यती र सरकारसँगको साइनो दुई दशकभन्दा पुरानो हो । आजको कान्तिपुर दैनिकमा याे समाचार प्रकाशित छ ।

‘यतिसँग सरकारको साइनो’ शीर्षकको मुख्य समाचारमा कान्तिपुरले यती कम्पनीलाई पोस्न सरकारले केसम्म गरेन भन्ने कुरा विस्तृतमा उल्लेख गरेको छ ।

तत्कालीन एमाले नेता र शेर्पा परिवार सम्बन्ध मदन भण्डारीको पालादेखि नै निकट थिए । अहिले मदन भण्डारी र पासाङ ल्हामु शेर्पाकै कारण जोडिएको एमाले र शेर्पा परिवारको सम्बन्ध अझै घनिष्ठ भएको छ । यहाँसम्म कि सरकारले नेपाल ट्रष्टको गोकर्ण रिसोर्टको जग्गा यती समूहलाई लिजमा दिनुअघि अनकूल बनाउन एउटा कानुनलाई सात ठाउँमा संशोधन गरिएको छ । लिजको अवधि लम्ब्याउन कठिनाइ हुने नेपाल ट्रष्ट ऐनका सबै प्रावधान परिवर्तन गरेपछि मात्रै मन्त्रिपरिषदले ट्रष्ट सञ्चालक समितिको सिफारिसमा अवधि थप हाे ।

सगरमाथा आरोहणमा जानुअघि पासाङ ल्हामु शेर्पा तत्कालीन एमाले महासचिव मदन भण्डारी र नेता जीवराज आश्रतिलाई भेट्न पार्टी कार्यालय बागबजार पुगेकी थिइन् । पहिलो महिला आरोही बनेर इतिहास लेख्न तम्सिएकी शेर्पालाई राजनीतिमा जबर्जस्त स्थान बनाइरहेका भण्डारीले सफल आरोहणको शुभेच्छा मात्रै दिएनन्, सगरमाथामा फहराउन पार्टीको झण्डा पनि दिए ।

यो २०५० सालको कुरादेखि २०७६ सालसम्मको अवधिमा भएका मुख्य घटनाक्रम

  • २०६६ सालमा गोकर्ण रिसोर्टको सेयर दिलाउन तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसँग आग्रह ।
  • २०६८ सालमा गोकुल बास्कोटा -वर्तमान सरकारका प्रवक्ता) पासाङ ल्हामु शेर्पा पर्वतारोहण प्रतिष्ठानको सदस्य ।
  • २०६९ सालमा केपी शर्मा ओली बिरामी हुँदा आङछिरिङ शेर्पा -पासाङ ल्हामु शेर्पाको देवर)को सहयोग ।
  • २०७० सालमा दोस्रो संविधानसभा निर्वाचन प्रचारप्रसारमा एयर डाइनेस्टीको प्रयोग ।
  • २०७२ सालमा ओलीको सिफारिसमा कृपासुर शेर्पा पर्यटनमन्त्री, एमाले पार्टी कार्यालय पासाङ ल्हामु प्रतिष्ठानमा र हिमालय एयरलाइन्सबाट प्रधानमन्त्री ओलीको चीन भ्रमण ।
  • २०७५ सालमा आङछिरिङको स्मृतिमा विहार बनाउन लुम्बिनीमा चार बिघा जग्गा प्रदान ।
  • २०७६ मा दावाफुटी शेर्पा राजदूत नियुक्त र ऐन संशोधन गरी ६ वर्षअगावै गोकर्ण रिसोर्टको लिज अवधि थप ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.