Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

कालापानी क्षेत्रकाे अवलोकन हेलिकोप्टरबाट, फर्कियाे उपप्रधानमन्त्री पोखरेल सहितकाे टाेली

अत्याधिक हिमपातका कारण हेलिकप्टर ल्यान्डीङ हुन सकेन

User Photo सोमवार, फाल्गुन ५, २०७६
काठमाण्डाै ।

कालापानी क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेर नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको टोली फर्किएको छ ।सोमबार बिहान साढे ८ बजेतिर दार्चुलाको सदरमुकाम खलंगाबाट नेपाली सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टर बाट कालापानी क्षेत्रको लागी उडेको टोली विहान ९ बजे तिर फर्किएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलको टोलीमा दार्चुला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेष सिह ठगुन्ना, सुदुरपश्चिम प्रदेशका उप–सभामुख निर्मला बडाल जोशी, प्रदेश सभा सदस्यहरु गेल्वु सिह बोहरा र मान वहादुर धामी सहित उप–प्रधान मन्त्रीका ६ जना सुरक्षाकर्मीहरुकोे टोलीले कालापानी क्षेत्रको अवलोकन गरको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यद्धुनाथ पौडेलले जानकारी दिए ।

कालापानी क्षेत्रमा अत्याधिक हिमपातका कारण हेलिकप्टर ल्यान्डीङ हुन नसके पनि हेलीकप्टर बाटै ब्यास गाउँपालिकाको वडा न १ छाङरु, तिंकर लगायत कालापानी क्षेत्रको अवलोकन गरेको प्रमुख जिल्ला अधिकारी यद्धु नाथ पौड्यालले पुष्टी गरे ।

दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ क्षेत्रमा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र रहेको छ । नेपालको व्यास गाउँपालिकाको छांगरु र तिंकरमा हिमपातका कारण ६ महिना मात्रै मानिसहरु बस्ने गरेका छन् ।

त्यो बाहेक छ महिना यहाँका स्थानीय बसाई सराई गरेर सदरमुकाम खलंगा झर्ने गर्छन् । सुरक्षाकर्मी पनि हिमपातका कारण ब्यास गाउँपालिकाको वडा नं २ दुम्लीङ झरेका छन् ।

सुरक्षाकर्मी र मानिसहरु तल झरेका कारण त्रिदेशीय सीमाक्षेत्र अहिले मानवविहिन बनेको छ । तर भारत सरकारले भने हिउँमा बस्ने विशेष प्रकारको ब्यवस्थापन गरी सीमा क्षेत्रमा आफ्ना सुरक्षाकर्मीहरु राखेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.