Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

सिंहदरबारमा आगलागी, चुरोटका ठुटाबाट सल्किएकाे अनुमान

चुरोटको ठुटा फाल्ने व्यक्तिको सम्बन्धमा खुल्न सकेको छैन

User Photo सोमवार, फाल्गुन १२, २०७६
काठमाण्डाै ।

सिंहदरबारस्थित नेपाल टेलिभिजन नजिक हुलाक सेवा विभागको भवनमा आइतबार साँझ आगलागी भएको छ । प्रहरीका अनुसार भवनको भ-याङतर्फको सिरानतलामा आगलागी भएको हो । साँझ ७:२५ बजे सुरु भएको आगलागी ७:५० नियन्त्रणमा आएको थियो । आगलागीबाट प्यासेजमा रहेका केही कागजात जलेर नष्ट भएका छन् । मानवीय क्षति भने भएको छैन ।

प्रहरीका अनुसार ननिभेका चुरोटका ठुटा डस्टबिनमा राखिएको फोहोरमा सल्किँदा आगलागी भएको हो । डस्टबिनमा चुरोटको ठुटा फाल्ने व्यक्तिको सम्बन्धमा खुल्न सकेको छैन । घटनास्थाल पुगेका महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रहरी निरीक्षक युवराज तिमल्सिनाले चुरोटको ठुटा फोहोरमा सल्किँदा आगलागी भएको बताए । ‘आगो सल्किएको खबर पाउनासाथ प्रहरी घटनास्थलमा पुग्यो ।

विद्युत् सर्ट भएर आगलागी भएको हो कि भन्ने शंका थियो । तर, घटनास्थलमा विद्युत्को तार भेटिएन । जलेको डस्टबिन भने प्यासेजमा थियो । डस्टबिनभित्र चुरोटका ठुटा प्रशस्तै भेटिए । त्यसो हुँदा ठुटाबाटै आगो सल्किएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ उनले भने ।

आगलागी हुनासाथ सिंहदरबार परिसरस्थित प्रहरी गणका सुरक्षाकर्मी र दमकल घटनास्थल पुगेको थियो । तर, आगो नफैलिएका कारण दमकलको पानी प्रयोग भएन । प्रहरीले बाल्टिनकै पानी प्रयोग गरेर आगो नियन्त्रणमा लिएको थियो । अगलागी भएको भवनमा संसद् भवन निर्माण सचिवालय निर्माणको कार्यालय, राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैकको शाखा कार्यालय छ । सबैभन्दा तल्लो तलामा चमेनागृह छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.