सिंहदरबारमा आगलागी, चुरोटका ठुटाबाट सल्किएकाे अनुमान

चुरोटको ठुटा फाल्ने व्यक्तिको सम्बन्धमा खुल्न सकेको छैन
सोमवार, फाल्गुन १२, २०७६, काठमाण्डाै । 

सिंहदरबारस्थित नेपाल टेलिभिजन नजिक हुलाक सेवा विभागको भवनमा आइतबार साँझ आगलागी भएको छ । प्रहरीका अनुसार भवनको भ-याङतर्फको सिरानतलामा आगलागी भएको हो । साँझ ७:२५ बजे सुरु भएको आगलागी ७:५० नियन्त्रणमा आएको थियो । आगलागीबाट प्यासेजमा रहेका केही कागजात जलेर नष्ट भएका छन् । मानवीय क्षति भने भएको छैन ।

प्रहरीका अनुसार ननिभेका चुरोटका ठुटा डस्टबिनमा राखिएको फोहोरमा सल्किँदा आगलागी भएको हो । डस्टबिनमा चुरोटको ठुटा फाल्ने व्यक्तिको सम्बन्धमा खुल्न सकेको छैन । घटनास्थाल पुगेका महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रहरी निरीक्षक युवराज तिमल्सिनाले चुरोटको ठुटा फोहोरमा सल्किँदा आगलागी भएको बताए । ‘आगो सल्किएको खबर पाउनासाथ प्रहरी घटनास्थलमा पुग्यो ।

विद्युत् सर्ट भएर आगलागी भएको हो कि भन्ने शंका थियो । तर, घटनास्थलमा विद्युत्को तार भेटिएन । जलेको डस्टबिन भने प्यासेजमा थियो । डस्टबिनभित्र चुरोटका ठुटा प्रशस्तै भेटिए । त्यसो हुँदा ठुटाबाटै आगो सल्किएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ उनले भने ।

आगलागी हुनासाथ सिंहदरबार परिसरस्थित प्रहरी गणका सुरक्षाकर्मी र दमकल घटनास्थल पुगेको थियो । तर, आगो नफैलिएका कारण दमकलको पानी प्रयोग भएन । प्रहरीले बाल्टिनकै पानी प्रयोग गरेर आगो नियन्त्रणमा लिएको थियो । अगलागी भएको भवनमा संसद् भवन निर्माण सचिवालय निर्माणको कार्यालय, राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैकको शाखा कार्यालय छ । सबैभन्दा तल्लो तलामा चमेनागृह छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा नयाँ बिशेष अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै