Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

क्वारेन्टाइन बसेकाे १४ दिन पुग्याे तर परिक्षण भएन

थप एक साता क्वारेन्टाइनमै राख्ने निर्णय

User Photo सोमवार, चैत्र २४, २०७६
काठमाण्डाै ।

कोभिड–१९ को उच्च जोखिममा रहेको सुदूरपश्चिममा दुई हजारभन्दा बढी मानिस क्वारेन्टाइनमा बसेका छन् तर १४ दिन बित्दा पनि उनीहरूको परीक्षण भएको छैन ।

मुलुकभर हालसम्म भेटिएका ९ संक्रमितमध्ये चार जना सुदूरपश्चिमकै छन् र दोस्रो चरणको संक्रमण पनि यहीँ सुरु भएको छ । यस्तोमा क्वारेन्टाइनमा बसेकाहरूको सक्दो परीक्षण हुनुपर्ने विज्ञहरूले बताउँदै आएका छन् ।

क्वारेन्टाइनमा बसेको १४ दिनसम्म संक्रमण देखिएन भने घर जान दिनुपर्ने विश्व स्वास्थ्य संगठनको निर्देशिका छ । यस प्रदेशका क्वारेन्टाइनमा राखिएकामध्ये अधिकांशले आइतबार १४ दिन कटाएका छन् । उनीहरूलाई परीक्षणै नगरी घर जान दिने कि राखिराख्ने भन्ने दोधार रहेका बेला आइतबारै प्रदेश सरकारले थप एक साता राख्ने निर्णय पनि गरेको छ । क्वारेन्टाइनमा बसेकाहरू भने बित्थामा लामो समय दु:ख दिइएको भनेर आक्रोशित र चिन्तित छन् ।

प्रदेशले क्वारेन्टाइन अवधि एक साता लम्ब्याउने भने पनि डोटीका स्थानीय तहहरूले क्वारेन्टाइनमा बसेकाहरूको घाँटीको स्वाब परीक्षण नगरी घर पठाउने भएका छन् । सबैको स्वाब परीक्षण सम्भव नरहेकाले उनीहरूको सामान्य शारीरिक जाँच गरेर पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । ‘अहिलेसम्म कसैमा पनि कोरोनाको लक्षण देखिएको छैन,’ उनले भने, ‘१५ औं दिनमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास परीक्षण गरेर उनीहरूलाई घर पठाइन्छ ।’ याे खबर कान्तिपुर दैनिकमा छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.