Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

आफन्तले टाढैबाट हेर्दै व्यावस्थापन गरियाे काेराेनाबाट मृत्यु भएका कैलालीका दुई जनाकाे शव

लम्कीचुहाकी महिलाकाे शव बाँकेको जङ्गलमा व्यवस्थापन

User Photo बिहिबार, असार ४, २०७७
काठमाण्डाै ।

कोरोना सङ्क्रमणका कारण मृत्यु भएका कैलालीका दुई जनाको शव व्यवस्थापन गरिएको छ । गोदावरी नगरपालिकाका पुरुष र लम्कीचुहा नगरपालिकाकी महिलाको आज छुट्टाछट्टै स्थानमा शव व्यवस्थापन गरिएको हो ।

सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका गोदावरी नगरपालिका वडा नंं १ का कोरोना सङ्क्रमित पुरुषको नेपाली सेनाले शव व्यवस्थापन गरेको छ ।

मृतकको शव स्थानीय मोहना नदी किनारमा मापदण्ड अनुसार व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । मृतकका आफन्तले भने टाढैबाट शव व्यवस्थापन हेर्न मात्रै पाएका थिए ।

उता, कोरोनाका कारण मृत्यु भएकी कैलालीको लम्कीचुहा नगरपालिकाकी महिलाकाे शव बाँकेको जङ्गलमा व्यवस्थापन गरिएको छ । उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि कोरोना पुष्टि भएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.