कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर २ की एक महिलाकाे काेराेनाबाट मृत्यु भएपछि स्थानियमा त्रास बढेको छ ।
नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएकी महिलाकाे चार दिन स्थानिय लम्कीचुहा अस्पतालमा उपचार पछी नेपालगञ्ज मेडिकल कलेजमा रेफर गरिएकाे थियाे । बेहाेस अवस्थामा उनलाई करिव १६/१७ जनाले अस्पताल ल्याएर आएकाे उनकाे उपचारमा संलग्न लम्कीचुहा अस्पतालका चिकित्सकले बताएकाछन ।
साथै चिकित्सक प्रकाश तिमिल्सेनाले मृतक महिलाकाे उपचार पछी करिव पाँच सय अन्य विरामीकाे उपचारमा संलग्न भएकाे तथा सम्पर्कमा पुगेकाे बताएकाछन ।
सुरुमा महिलाकाे उपचार गरिएकाे लम्की चुहा अस्पताल अहिले सिल गरिएको छ । जेठ ३० गते देखी असार ३ गते सम्म अस्पतालको सम्पर्कमा आएकाहरुलाई सेल्फ क्वारेन्टिनमा बस्न भनिएको छ ।
डा. प्रकाश तिमिल्सेना संग गरिएकाे कुराकानी
