Naya Media
मङ्लबार, बैशाख ३०, २०८२
| | May 13, 2025
मङ्लबार, बैशाख ३०, २०८२
Advertisement

विश्वबिद्यालयमा उपकुलपति नियुक्तिको अङ्क विभाजन र अल्पसुचिमै विभेद

मापदण्ड पनि आफू निकटलाई भित्र्याउने प्रपञ्चकै निरन्तरता

User Photo
बिहिबार, फाल्गुन ३, २०८०
काठमाण्डौ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले उच्च शिक्षा सुधारको लागि भनेर विश्वविद्यालयका उपकुलपति नियुक्ति खुल्ला प्रतिश्पर्धा बाट गर्ने भने सगै योग्य व्यक्ति छनौट हुने आशा पलाएको केही समयमा नै तुहिएको छ।

त्रिभुवन विश्विद्यालय, सुदुरपश्चिम विश्वविद्यालय, पुर्वान्चल विश्वविद्यालय र मध्यपश्चिम विश्व विद्यालयको योग्यता, अनुभव, सोचापत्र, कार्ययोजना, प्रस्तुतिकरण तथा अन्तर्वार्ता सम्बन्धी अङ्क विभाजनको मापदण्ड पनि आफू निकट व्यक्तिलाई भित्र्याउने प्रपञ्चकै निरन्तरता देखिएको छ।


advertisement

त्रिभुवन विश्विद्यालयको उक्त मापदण्ड तुलनात्मक हिसाबले समष्टिमा सय अंकको भार राखेर अल्पसुचिनिकाल्ने प्रावधान देखिएता पनि पूर्वाञ्चल विश्वबिद्यालयको ३५ र मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको ५४ अंक मै अल्पसुचि छनौट गर्नु भनेको नियोजित रुपमा फरक देखिएको छ।

त्रिभुवन विश्वविद्यालयकोपुस्तक प्रकाशनमा ५ अंक छ भने अन्य विश्वविद्यालयको पुस्तक प्रकाशनमा कुनै अंक छैन। त्यसै सोचपत्रमा त्रिविमा १५ छ भने अन्यमा १० दिएकोछ, त्यसै गरी बिजनेश योजनामा त्रिविमा २० छ भने मध्यपश्चिम र सुदुरपस्चिम मा १० मात्र , त्यसै गरी प्रस्तुतिमा त्रिवि पूर्वाञ्चल मा २० छ भने मध्यपश्चिम र सुदरपश्चिममा जम्मा १० मात्र छ। यसैगरी अन्तर्वार्तामा त्रिवि र पूर्वाञ्चलको १५ र मध्यपश्चिम र सुदुरपश्चिम मा १५ राखेको छ।

अझ अनुत्तरित र नियोजित अंक विभाजनमा खाडल अनुसन्धान परियोजनामा देखिएको छ। त्रिविमा यसको अंक भार ६ पूर्वाञ्चलमा १६ , मध्यपश्चिम र सुदूरपश्चिममा ३५ अंक राखेको छ । अझ त्यसमा पनि NEPJOL र SCImago जर्नलको Q4 सम्मका जर्नलमा अनुसन्धान लेख प्रकाशन भएको हुनु पर्ने भन्ने प्रावधानले पनि उपकुलपति छनौट समिति र सरोकारवालाको नियत र कार्यसम्पादनमा गम्भीर प्रश्न खडा गरेको छ।

त्यसो त त्रिविको उपकुलपतिको लागि प्रकाशन गरेको अल्पसुचिमा विवादित व्यक्ति छनौट भएको कुराले पनि समिति विवादित भएको छ। यस निर्णय प्रति असन्तुष्टी जनाउँदै पूर्वउपकुपतिहरु केदारभक्त माथेमा , महेश उपाध्याय , कमलकृष्ण जोशी, नबिनजंग शाहले शुक्रबार नै वक्तव्य निकालेका छन्।

# उपकुलपति नियुक्ति # त्रिभुवन विश्विद्यालय # पुर्वान्चल विश्वविद्यालय # मध्यपश्चिम विश्वविद्यालय # शिक्षा सुधार # सुदुरपश्चिम विश्वविद्यालय

Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.