Naya Media
बुधबार, कार्तिक २६, २०८२
| | November 12, 2025
बुधबार, कार्तिक २६, २०८२

भारतले (यू-१९) एकदिवसीय सिरिजका लागि नेपाली टिमलाई बोलायाे, यस्तो छ खेल तालिका

User Photo
मङ्लबार, साउन २२, २०७५

काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले यू-१९ एकदिवसीय सिरिजका लागि नेपाली टिमलाई बोलाइएको छ ।

कोलकातामा हुने तय भएको प्रतियोगितामा भारत र अफगानिस्तानको यू-१९ टोलीसँगै भारतकै नेशनल क्रिकेट एकेडेमी (एनसीए) को टोली पनि छ । प्रतियोगिता सेप्टेम्बर ९ देखि २० सम्म हुने बतार्इएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन बीसीसीआईले आग्रह गरेको नेपालका यू-१९ टोलीका प्रशिक्षक विनोद दासले बताए । ‘बीसीसीआईबाट प्रतियोगिताका लागि भनेर निम्तो आएको छ । हामी के गर्ने भन्ने छलफलमा छौं’ उनले भने, ‘धेरै समयदेखि टोली प्रशिक्षणमा छैन, यसैले छोटो समयमा कसरी सबै कुरा मिलाउने भनेर कुरा हुँदैछ । एक/दुई दिनमा सबै कुरा प्रष्ट हुन्छ ।’

यू-१९ का केही सदस्य राष्ट्रिय टोलीमा पनि छन् र हालै मात्र नेदरल्याण्ड्स टुरबाट फर्किएका छन् ।

लगतै एसिया कपको छनोटका लागि बन्द प्रशिक्षण सुरु हुनेछ । त्यसैले राष्ट्रिय टिमबाट खेलेका खेलाडीलाई यू-१९ मा नराख्ने सोच बनाएको र खेलाडी छनोट के आधारमा गर्ने भन्ने छलफल भइरहेको प्रशिक्षक दासले बताए ।

नेपालले प्रतियोगितामा सहभागी हुनेबारे छलफल गरिरहेको भए पनि प्रतियोगिताको सबै तालिका तय भइसकेको छ । चार टोलीले एक अर्कासँग खेलेपछि शीर्ष स्थानमा रहने दुई टिमले फाइनल खेल्नेछन् । तेस्रो र चौथो स्थानमा रहने टिमले तेस्रो स्थानका लागि खेल्ने छन् ।

यस्तो छ तालिका

सेप्टेम्बर १२ – इडेन गार्डेन्समा भारतविरुद्ध अफगानिस्तान

सेप्टेम्बर १२ – जादभपुर युनिभर्सिटीमा एनसीएविरुद्ध नेपाल

सेप्टेम्बर १४ – इडेन गार्डेन्समा भारतविरुद्ध नेपाल

सेप्टेम्बर १४ – जादभपुर युनिभर्सिटीमा एनसीएविरुद्ध अफगानिस्तान

सेप्टेम्बर १६ – इडेन गार्डेन्समा भारतविरुद्ध एनसीए

सेप्टेम्बर १६ – जादभपुर युनिभर्सिटीमा अफगानिस्तानविरुद्ध नेपाल

सेप्टेम्बर १८ – इडेन गार्डेन्समा शीर्ष स्थानका दुई टिमबीच फाइनल

सेप्टेम्बर १८ – जादभपुर युनिभर्सिटीमा तेस्रो र चौथो टिमबीच प्ले अफ

भारतीय क्रिकेट बोर्डले हरेक वर्ष युवा क्रिकेटरको क्षमता विकासका लागि यस्तो प्रतियोगिता आयोजना गर्ने गर्छ । यसपटकको सिरिजलाई यू-१९ एसिया कपको तयारीको रुपमा लिएको छ ।

आगामी अक्टोबरमा बंगलादेशमा हुने यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल, भारत, हङकङ, बंगलादेश, पाकिस्तान, श्रीलंका, युएई र अफगानिस्तान गरी ८ टोलीले खेल्दै छन् ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.