बुधबार, भदौ ६, २०७५, ।
नेपाली युवा बलर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिगमा बुधबार पनि उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिन सफल भएका छन् ।
कायरन पोलार्डको कप्तानीमा रहेको सेन्ट लुसिया स्टार्सविरुद्धको खेलमा सन्दीपले २ ओभरमा २ विकेट लिएका हुन् । उनले जारी चार खेलमा सात विकेट लिइसकेका छन् । यसअघि उनले एमाजोनाविरुद्ध दुई, टी एण्ड टी राइटर्सविरुद्ध एक र तालावाजविरुद्ध दुई विकेट लिएका थिए ।
उनको टिमले जारी प्रतियोगितामा दोस्रो जित पनि निकालेको छ । सिपीएलमा उत्कृष्ट प्रदर्शन गरिरहेका सन्दीपले आफ्नो प्रभाव सेन्ट लुसियाविरुद्धको खेलमा पनि बनाएका छन् । उनले दुई ओभरमा मात्र १२ रन दिएर दुई विकेट लिए ।
सन्दीपले पहिलो विकेटका रुपमा आक्रामक खेलाडी डेविड वार्नसलाई आउट गरेका हुन् ।