Naya Media
बिहिबार, माघ १, २०८२
| | January 15, 2026
बिहिबार, माघ १, २०८२

सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिगमा छानिए

User Photo
मङ्लबार, भदौ २६, २०७५

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग (एपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि छनोट भएका छन्।

सोमबार युएईको दुबईमा भएको अक्सनमा सन्दीपलाई नान्गहरले आफ्नो टिममा आवद्ध गरेको हो। आइसिसी एसोसिएट नेसन्स क्याटागोरीमा रहेका सन्दीपले १५ हजार अमेरिकी डलरमा पाउनेछन्।

एपिएल आगामी आसोज १९ देखि कार्तिक २ सम्म युएईको शारजाहमा हुनेछ।

योसँगै सन्दीपले सिजनमा चौथो विदेशी फ्रेन्चाइज लिग खेल्ने भएका छन्। यसअघि सन्दीपले भारतको आइपिएल, क्यानडाको ग्लोबल टी-२० र वेस्ट इन्डिजको सिपिएल खेलेका थिए। सन्दीप बंगलादेशको बिपिएल र पाकिस्तानको सिएसएलको ड्राफ्टमा परेपनि छनोट हुन असफल भएका थिए।

सन्दीप रहेको नान्गहर टिममा पाकिस्तानका मोहमद हाफिज, बंगलादेशका मुस्फिकर रहिम, न्युजिल्यान्डका मिचेल म्याक्लिङघन, अस्ट्रेलियाका बेन कटिङ, बंगलादेशका तमिम एकबाल, अफगानिस्तानका मुजिब उर रहमान, वेस्ट इन्डिजका आन्द्रे रसेल लगायत छन्।

ड्राफ्टमा सन्दीपसहित नेपालका नेपालका ३ खेलाडी परेका थिए। सन्दीप छनोट भएपनि ड्राफ्टमा रहेका नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का र तीव्र गतिका बलर सोमपाल कामीलाई कुनै टिमले आबद्ध गरेका छैनन्।

ड्राफ्टमा नेपालका ३ खेलाडीसहित ३ सय ५० बढी खेलाडी परेका थिए। ड्राफ्टमा टेस्ट राष्ट्रहरु अफगानिस्तान, पाकिस्तान, बंगलादेश, श्रीलंका, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, अस्ट्रेलिया, इंग्ल्यान्ड, आयरल्यान्ड र जिम्बावेका खेलाडी समावेश थिए। यस्तै ६ वटा एसोसियट राष्ट्रका खेलाडीले पनि स्थान पाएका थिए। जसमा नेपालसहित युएई, स्कटल्यान्ड, हङकङ, ओमान र क्यानडा थिए।

खेलाडीहरुलाई ६ श्रेणीमा राखिएको थियो। आइकन, डाइमन्ड, गोल्ड, सिल्भर, आइसिसी एसोसिएट र इमर्जिङ गरी ६ श्रेणी निर्धारण गरिएको थियो।

अफगानिस्तान क्रिकेट बोर्डको आयोजनामा हुने लिगमा ५ टिमको सहभागिता रहेको छ। जसमा काबुल, बाल्ख, पाक्किया, नान्गहर र कान्दहर रहेका छन्। ५ टिमबीच २३ खेल हुनेछ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मान्यता दिएको प्रतियोगितामा क्रिस गेल, ड्वाइन ब्राभो, आन्द्रे रसेल,  क्रिस लियोन, शाहिद अफ्रिदी जस्ता खेलाडी आबद्ध भएका छन्।  भारतीय क्रिकेट कन्ट्रोल बोर्डले खेलाडीहरुलाई अनुमति नदिएपछि भारतका खेलाडीले भने एपिएल खेल्ने छैनन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.