Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

नेपालले हरायो अफगानिस्तानलाई, सागर र शर्राफको उत्कृष्ट प्रदर्शन

User Photo
आइतवार, भदौ ३१, २०७५

दोश्रो इनिङको ४८ औं ओभरमा नेपालका रसिद खानले २ विकेट लिएपछि अति प्रतिस्पर्धात्मक भएको खेलमा नेपाल विजयी भएको छ । भारतमा जारी यू–१९ एकदिवसिय सिरिजको अन्तर्गत आइतबार भएको खेलमा नेपालको यू–१९ टोलीले अफगानिस्तानको यू–१९ टोलीलाई २५ रनले हराएको हो ।

अलराउन्डर पवन शर्राफ र बलर सागर ढकालले उत्कृष्ट प्रदर्शन पनि नेपालको विजयमा महत्वपूर्ण भुमिका रहेको थियो ।अफगानिस्तानले टस जितेर नेपाललाई पहिले ब्याटिङ गर्ने निम्तो दिएको थियो ।  अफगानिस्तानका बलरहरुले नेपालको शुरुवाती ब्याटसम्यानहरुलाई आच्छु आच्छु पार्दै ७ रनमै ३ विकेट झार्न सफल भएको थियो । यस्तो अवस्थामा ब्याटिङ गर्न आएका सन्दीप जोरा र अरुण बमले सुझबुझपूर्ण रुपमा खेल्दै ४७ रनको साझेदारी गर्दै नेपालको अवस्थामा केहि सुधार ल्याएका थिए ।

त्यसपछिको समयमा पनि अफगानिस्तानले निरन्तर विकेट लिएपनि नेपालको लागि पवन शर्राफले शानदार इनिङ खेले । अफगानिस्तानको सटिक बलिङ भएपनि शर्राफले निडरताका साथ खेलेपछि उनको ब्याटबाट रन आउने क्रम निरन्तर रह्यो । शर्राफकै जुझारु इनिङको मद्दतले नेपालले ४९.३ ओभरमा अलआउट हुँदै १८९ रन जोड्न सफल भयो ।

नेपालको लागि पवनले सर्वाधिक ७८ रन बनाए । नटआउट रहेका उनले ९६ बलको इनिङ १० चौका र १ छक्का प्रहार गरे । आक्रामक इनिङ खेलेका सन्दीप जोराले ३१ बलमा ३ चौका र १ छक्का सहित २८ रन बनाए । त्यस्तै पवन शर्राफसँग ६५ रनको साझेदारी गरेका रसिद खानले ४९ बलमा २४ रनको उपयोगी इनिङ खेले । लोकेश बमको ब्याटबाट १६ र भिम सार्कीको ब्याटबाट नेपालले १३ रन पाउन सक्यो ।

बलिङतर्फ अफगानिस्तानका नाविद मोहम्मद कबिरले १० ओभरमा ३६ रन दिंदै ३ विकेट लिए । त्यस्तै अविद मोहम्मदी र अरिफ दौलतजाईले समान २ विकेट लिएभने उस्मान घानी र समिउल्लाह जवादले १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको अफगानिस्तान यू–१९ टोलीले अलआउट हुँदै ४७.४ ओभरमा १६४ रन मात्र बनाउन सक्यो ।  अफगानिस्तानका कप्तान इजाज मेहरानले नेपालको जितलाई रोकेर राखेका थिए । अफगानिस्तानको लागि सर्वाधिक रन बनाएका उनि खेलको ४८ औं ओभरमा ९६ बलमा ५७ रन बनाएर आउट भए । उनको विकेट झरेसँगै नेपालको विजय नजिकिएको थियो ।

त्यस्तै तिब्र गतिमा रन बनाएका अब्दुल रहमान रहमानी सन्दीप जोराबाट रन आउट हुनुअघि २ छक्का र ३ चौका सहित ४६ बलमा ३७ रन बनाए । त्यस्तै ओपनर रियाज हसनले ३८ रन बनाए भने अरिफ दौलतजाईले १० रन बनाए ।

बलिङतर्फ नेपालको लागि सागर ढकालले उत्कृष्ट प्रदर्शन गरे । औसत रन लक्ष्यलाई बचाउने क्रममा सागले ४ वटा अफगानी ब्याटसम्यानलाई आफ्नो शिकार बनाए । किफायती बलिङ गरेका उनले १० ओभरमा २९ रन मात्र खर्चिए भने ३ मेडन पनि राखे ।

त्यस्तै ओपनिङ बलर कमल सिंह ऐरीले पनि राम्रो बलिङ गरे । उनले ९ ओभरमा २८ रन दिंदै २ विकेट लिए भने रसिद खानले पनि २ विकेट नै लिए । त्यस्तै पवन शर्राफले १० ओभरमा ३२ रन दिंदै १ विकेट लिए ।

फाइनल पुग्न चुकेको नेपाल र अफगानिस्तान तेश्रो स्थानको प्ले अफको लागि मंगलबार पुनः आमने सामने हुनेछन् भने भारत यू–१९ ए र बी टिमले सोहि दिन फाइनल खेल्नेछन् ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.