Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

अमेरिकी भलिबल खेलाडी काठमाडौंमा

User Photo शुक्रबार, अशोज १२, २०७५

चितवन टाइगर्सले आदीअवादी महिला भलिबल (एभीएल) का लागि अनुबन्ध गरेका तीन अमेरिकी खेलाडी बिहीबार काठमाडौं आइपुगेका छन् । आदीअवादी फाउन्डेसनका नेपाल प्रमुख सूर्य गुरुङले तीन अमेरिकी खेलाडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । अमेरिकन खेलाडीमा जासन ब्रिक्र्स, टे«स राउन्ड ट्री र डलटोन टु जोन रहेका छन् । उनीहरूले स्पाइकर र ब्लकरको भूमिका निर्वाह गर्नेछन् । चितवन टाइगर्सका अन्य खेलाडीमा राष्ट्रिय खेलाडी अरुणा शाहीले सेटरको भूमिकामा कोर्टमा उत्रिनेछन् । पुनम चन्दले ब्लकर र स्पाइकरको जिम्मेवारी सम्हाल्नेछन् । त्यस्तै, अन्य खेलाडीमा सजना महतो, लिब्रो यमकली कुँवर, मोनिका महतो, आरती सुवेदी, जस्ना महतो रहेका छन् । कोचको भूमिका बाबुराम महतोले निभाउनेछन् । एभीएल १३ असोजबाट सुरु हँुदै छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.