Naya Media
आइतवार, असार १, २०८२
| | June 15, 2025
आइतवार, असार १, २०८२
Advertisement

पोखरा प्रिमियर लिग : टोली, मालिक र मार्की प्लेयर सार्वजनिक

User Photo
शुक्रबार, अशोज १२, २०७५

कात्तिकको दोस्रो साताबाट पोखरामा सुरु हुने टीट्वेन्टी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल) का टोली, तीनका मालिक र मार्की प्लेयर सार्वजनिक गरिएको छ । आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टले बिहीबार एक कार्यक्रमबीच प्रतियोगितामा सहभागी हुने ६ वटै टोलीको नाम, तिनका मालिक र मार्की प्लेयर सार्वजनिक गरेको हो । पीपीएल कात्तिक ९ देखि २० गतेसम्म हुँदैछ ।

प्रतियोगितामा हुलास काठमाडौं रोयल्स, पोखरा पल्टन, विराटनगर टाइटन्स, चितवन राइनोज, बुटवल ब्लास्टर र एक्पर्ट धनगढी ब्लुजले सहभागिता जनाउने छन् । हुलास काठमाडौं रोयल्सको स्वामित्व राज्यलक्ष्मी गोल्छाले लिएकी छिन् भने टोलीको मार्की प्लेयरमा राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल छनोट भएका छन् ।


advertisement

पोखरा पल्टनको स्वामित्व विनायक पोखरेलले लिएका छन् भने टोलीले शरद भेषवाकरलाई मार्की प्लेयर छानेको छ ।

यसैगरी विराटनगर टाइटन्सको स्वामित्व पूर्वक्रिकेटर तथा व्यवसायी पारस लुनियाले लिएका छन् भने टोलीको मार्की प्लेयर सन्दीप लामिछाने रहेका छन् । चितवन राइनोजको स्वामित्व युवा व्यवसायी रेसम (राहुल) महराले लिएका छन् भने राष्ट्रिय टोलीका कप्तान पारस खड्का मार्की प्लेयरका रूपमा छन् । बुटवल ब्लास्टरको स्वामित्व रामबहादुर विष्टले लिएका छन् भने रोमपाल कामी मार्की प्लेयर छन् । एक्पर्ट धनगढी ब्लुजको स्वामित्व सञ्जीव शर्माले लिएका छन् भने टोलीले मार्की प्लेयरमा दीपेन्द्रसिंह ऐरी रहेका छन् ।

आयोजकले प्रतियोगितामा सहभागी टोलीको स्वामित्व बेच्दा र मार्की प्लेयर अनुबन्ध गर्दाको रकम भने खुलाएको छैन । प्रतियोगितामा सहभागी सबै टोलीले बिहीबार नै आफ्नो लोगोसमेत सार्वजनिक गरे । कार्यक्रममा टोलीको स्वामित्व खरिद गरेका सबैले पीपीएलसँग जोडिन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । उनीहरूले आफ्नो सहभागिताले नेपाली क्रिकेटको विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले लगानी गरेको बताए । राष्ट्रिय टोलीका कप्तान पारस खड्काले पीपीएलको आयोजना नेपाली क्रिकेटरको विकासमा कोसेढुंगा सावित हुने बताए ।

आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले नेपालमा प्रचुर सम्भावना भएको पर्यटन क्षेत्रसँग जोडेर नेपाली क्रिकेटको विकासमा योगदान पु¥याउने उद्देश्यले पीपीएलको परिकल्पना गरिएको बताए । कार्यक्रममा उपस्थित युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले प्रतियोगिताका लागि सरकार र आफ्नो तर्फबाट आवश्यक सबै सहयोग रहने आश्वासन दिए ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.