युवा तथा खेलकुद मन्त्रालयले ए डिभिजन लिग खेल्नका लागि नेपाल आएका विदेशी खेलाडीको फाइल रोकेको छ ।
श्रम स्वीकृतिका लागि करिब २५ जना खेलाडीको फाइल मन्त्रालयमा पेस गरिएको छ । तर मन्त्रालयले नेपाली खेलाडीलाई प्राथमिकता दिनुपर्ने भन्दै फइल रोकेको हो ।
तर यसअघि नै सम्झौता र श्रम स्वीकृति पाइसकेका विदेशी खेलाडीले भने लिग खेल्न पाउनेछन् । अहिले संकटा र थ्रीस्टारमा मात्र विदेशी खेलाडी खेलिरहेका छन् ।
यी दुई क्लबले गएको पुसमा नै खेलाडीको श्रम स्वीकृति लिएका थिए ।
अहिले मन्त्रालयमा ब्रिगेड ब्वाइज क्लब, जावलाखेल युथ क्लब, न्यूरोड टिम एनआरटी, फ्रेण्डस्, हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी क्लबका खेलाडीको फाइल रोकिएको छ ।
मच्छिन्द्र क्लब, च्यासल युवा क्लब र सरस्वती क्लबले पनि विदेशी खेलाडीको प्रकृया अघि बढाइरहेका छन् । यता क्लबहरुले भने विदेशी खेलाडी अनुबन्धको प्रकृया अघि बढाउन पहल गरिदिन एन्फालाई आग्रह गरिरहेका छन् ।
विदेशी खेलाडीलाई नखेलाइएमा क्लबहरुमा ठूलो आर्थिक भार पर्ने हुँदा यो विषयलाई चाँडो टुंगो लगाउनु पर्ने क्लबको आग्रह छ ।
क्लबहरुले विदेशी खेलाडीलाई नेपाल बोलाउँदा विभिन्न सुविधा दिने सर्त राखेका हुन्छन् । खाने बस्ने, सरकारलाई तिर्नुपर्ने कर र अन्य प्रकृयागत खर्चसहित उनीहरुलाई घर फर्किने टिकट समेत ब्यहोर्नु पर्दछ ।
तर विदेशी खेलाडीलाई खेल्न नदिने मन्त्रालयको यो कदमले क्लबहरुको लगानी ब्यर्थ हुनेछ । उनीहरु खेल्न नपाउने हो भने पनि यी सबै सर्तहरु क्लबले पालना गर्नु पर्नेछ ।
खेलाडी अनुबन्ध हुन नसकेको खण्डमा पनि क्लबले अध्यागमन विभाग, सेवा शुल्क, खान बस्न, भिषा शुल्क र फर्किने टिकट ब्यहोर्नु पर्ने हुन्छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द